default_image

3 years ago

May 19, 2023

सदस्य सचिव वाग्लेको पुनर्बहाली

263 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

दुई दिनअघि बर्खास्तीमा परेका कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई अदालतले पुनर्बहाली गर्न आदेश दिएको छ ।

बर्खास्त गरिएपछि वाग्ले न्यायका लागि अदालत गएका थिए । आज उच्च अदालत मोरङले वाग्लेलाई पुनर्बहाली गर्न सामाजिक मन्त्रालयलाई अन्तरिम आदेश दिएको हो ।
अदालतले आउँदो बिहीबार छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । सामाजिक विकास मन्त्रालयसँग समन्वय नगरी काम गरेको भन्दै वाग्लेलाई बर्खास्त गर्ने प्रदेश सरकारले निर्णय गरेको थियो ।

गत बैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा आयोजकको रुपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै उनलाई मन्त्रालयले दुईपटक स्पष्टीकरण सोधेको थियो ।

सदस्य सचिव वाग्लेले राजनीतिक प्रतिशोधका आधारमा आफूलाई हटाइएको बताएका थिए । । आफूले राम्रो गरेको र मन्त्रीको बदमासीका कारण बर्खास्त गरिएको उनको भनाइ रहँदै आएको छ ।

वाग्लेलाई बर्खास्तीसँगै बोर्डको बैंक खाता रोक्का हुँदा यसअघि निर्णय भएका एक दर्जन प्रतियोगिताका लागि विनियोजित रकम फ्रिज हुने सम्भावना थियो । ती प्रतियोगिताहरुका लागि झन्डै २ करोड रुपैयाँ विनियोजना गरिएको छ ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.