2 years ago
July 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – निलेन्द्रराज श्रेष्ठ (एनआरएस) स्पोर्टस फाउन्डेसनले इनड्राइभको सहकार्यमा धावक बन्न चाहानेहरुका लागि दौड प्रशिक्षण सन्चालन गर्ने भएको छ ।

दौड संस्कृतिलाई प्रवद्र्धन गर्न र लामो दूरीका धावकलाई अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागिता जनाउने वातावरण तयार पार्ने उद्देश्यका साथ एनआरएस स्पोर्टस फाउन्डेसनले प्रशिक्षण सन्चालन गर्न जनाएको छ । १२ वर्ष मुनीका बालबालिकाहरुलाई समावेश गरिने प्रशिक्षणको औपचारिक सुरुवात असार १५ गते हुने बताइएको छ ।
लामो समयदेखि दक्षिण एसियाली स्तरका दौड प्रतियोगितामा नेपालको उत्कृष्ट प्रदर्शन रहेको पृष्ठभूमीमा अझै व्यवस्थित प्रशिक्षण दिन सकेको खण्डमा भविष्यमा विश्व स्तरका खेलाडी तयार हुने सम्भावना रहेको एनआरएस स्पोर्टस फाउन्डेसनले विश्वास लिएको छ । एनआरएस स्पोर्टस फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले स्थानीय प्रतिभालाई राम्रोसँग हुर्काउन वातावरण तयार पार्न सके नेपालले माथिल्लो स्तरका खेलाडी तयार हुने विश्वास लिएका छन् ।
दौडको प्रशिक्षणका लागि एनआरएस स्पोर्टस फाउन्डेसन र इनड्राइभबीचको सहकार्यले महत्वपूर्ण हुने विश्वास फाउन्डसनको छ । निशुल्क रुपमा गरिने प्रशिक्षण पहिलो चरणमा उपत्यकाका काठमाडौं, पाटन, भक्तपुर, थिमी, कीर्तिपुरमा सन्चालन गरिनेछ । अर्को चरणमा हेटौंडा, बुटवल र पोखरामा प्रशिक्षणा गरिनेछ ।
प्रशिक्षण कार्यक्रम अनभुवी प्रशिक्षकहरूबाट सञ्चालन गरिनेछ । प्रशिक्षकहरुले दौड, इन्डुरेन्स ट्रेनिङ तथा सम्भावित चोटबाट बचाउबारे ज्ञान दिनुहुनेछ । यसले प्रशिक्षार्थीहरुमा आफ्नो शीप तिखार्न, स्टामिना बढाउन र समग्रमा प्रदर्शनमा सुधार गर्न मद्दत मिल्ने विश्वास लिइएको छ ।
सहकार्यका लागि एनआरएस स्पोर्टस फाउन्डेसन इनड्राइभका अन्नाा फेडोरचुक र उनको टिमलाई धन्यवाद दिदै यो साझेदारीले नेपालमा खेलकुद विकास र विस्तारमा मद्दत पुग्ने विश्वास लिएको छ । युवा तथा सहज पहुँचबाट टाढा रहेका धावकलाई प्रवद्धर्न गर्न इनड्राइभले ३ सय धावकलाई काठमाडौं म्याराथनमा सहभागी हुन मद्दत गर्ने बताइएको छ । काठमाडौं म्याराथनको १५ औं संस्करण असोज २७ गते शनिबार आयोजना हुनेछ ।
प्रशिक्षणको जानकारी र प्रशिक्षणमा भाग लिन चाहानेले नाम दर्ता गराउनका लागि एनआरएस स्पोर्टस फाउन्डेसनको बेब साइट ( डब्लूडब्लूडब्लू एनआरएसस्पोर्टसफाउन्डेसन टड ओआरजी डट एनपीमा भ्रमण गर्न सक्नेछन् । एनआरएस स्पोर्टस फाउन्डेसन प्राति एक खेलकुदको इभेन्ट्स म्यानेजमेन्ट कम्पनी हो ।
इन ड्राइभ एक ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म रहेको छ । यसको मुख्यालय अमेरिकाको क्यालिफोर्नियाको माउन्ट भ्युमा छ । यसको एप अहिलेसम्म १७ करोड ५० लाख पटक डाउनलोड भइ सकेको छ । इन ड्राइभ विश्वकै सबैभन्दा बढी डाउनलोड हुने दोस्रो मोबिलिटी एप्लिकेसन हो ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]