9 years ago
January 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठले १० स्ट्रोकको अग्रताका साथ सूर्य नेपाल च्यालेन्ज गल्फ उपाधि जितेका छन् । रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) को पार ६८ मा अन्तिम दिन शुक्रबार शिवरामले ४ अन्डर ६४ को प्रदर्शन गरे । समग्रमा ८ अन्डर २ सय ६४ को प्रदर्शन गर्दै सूर्य नेपाल गल्फ टुर २०१६÷१७ को लगातार दोस्रो उपाधि जितेका हुन् । खेल जीवनमा त्यो शिवरामको ३२ औं उपाधि हो । उपाधिसहित शिवरामले ७५ हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो स्थानको भुवनले शुक्रबार २ ओभर ७० को कार्ड बनाउँदै समग्रमा २ ओभर २ सय ७४ को प्रदर्शन गरे । उनले ४६ हजार प्राप्त गरे । जयराम (७४) र सञ्जय लामा (६९) संयुक्त रुपमा तेस्रो स्थानमा रहे । उनीहरुले समान २९ हजार २ सय ५० हजार रुपैयाँ प्राप्त गरे । रामे मगर (७३) २ सय ७९ को कार्ड बनाउँदै पाँचौं स्थानमा रहे र उनले २३ हजार रुपैयाँ हात पारे ।
रवि खड्का छैटौं स्थानमा रहे । अन्तिम दिन ३ ओभर ७१ को प्रदर्शन गरेका रविले समग्रमा २ सय ८१ को कार्ड बनाए । रविले २१ हजार रुपैयाँ पाए । चुडाबहादुर भण्डारी, धनबहादुर थापा र दीपक मगर संयुक्त रुपमा सातौं भए र जनही १७ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरे । सूर्यप्रसाद शर्माले १० औं स्थान प्राप्त गरे र १५ हजार रुपैयाँ प्राप्त गरे ।
अघिल्लो दिन शीर्षस्थानमा रहेका शिवरामले दाई जयरामलाई दुई स्ट्रोकले पछाडि पारेका थिए । शुक्रबार फ्रन्ट नाइनको प्रदर्शनपछि शिवरामले ३ स्ट्रोकको अग्रता बनाएका थिए । फ्रन्ट नाइनमा शिवरामले १ ओभर ३५ को कार्ड बनाउँदा जयरामले ३६ र भुवनले ३४ को प्रदर्शन गरेका थिए । तर, शिवरामले ब्याक नाइनमा प्रदर्शनमा सुधार गरे । उनले ५ अन्डर २९ को कार्ड बनाउँदा भुवनले ३६ र जयरामले ४ ओभर ३८ को प्रदर्शन गरेका थिए ।
फ्रन्ट नाइनको दोस्रो र चौथोमा बोगी खेपेका शिवरामले पाँचौं होलमा एकमात्र बर्डि गरेका थिए । ब्याक नाइमा भने १० औं, ११ औं र १७ औं होलमा बार्डि गरेका उनले १३ होलमा इगल गरे । बर्डिका साथ दिनको सुरुआत गरेका भुवनले फ्रन्ट नाइनको आठौं होलमा बोगी खेपेका थिए । ब्याक नाइनको ११ औं होलमा बर्डि गरेका उनले १२ औं, १४ औं र १५ होलमा बोगी गरे ।
एमेच्योरको उपाधि सन्तोष रोक्काले जिते । खेल जीवनमा उनको त्यो पहिलो उपाधि हो । १९ ओभर २ सय ९१ को प्रदर्शन गर्दै उनले उपाधि जितेका थिए । धरानका जीवन राई दोस्रो भएका थिए । उनले १४ औं होल पार ३ मा होल इन वान गरेका थिए । उनले समग्रमा २ सय ९२ को प्रदर्शन गरे । अघिल्लो दिन शीर्षस्थानमा रहेको मिथुन राई तेस्रो भए ।

२९ व्यवसायिक र ११ एमेच्योर गरि प्रतियोगितामा ४० खेलाडीको सहभागिा थियो । दुई दिनको प्रदर्शनपछि व्यवसायिकतर्फका शीर्ष २२ र एमेच्योरतर्फका शीर्ष ६ खेलाडीलाई अन्तिम दुई चरणका लागि छनोट भएका थिए । ४ लाख रुपैया पुरस्कार राशी रहेको प्रतियोगिताका विजेतालाई सूर्य नेपालका मार्केटिङ म्यानेजर बालकृष्ण गुरुङ र नेपाल गल्फ संघका अध्यक्ष मधुकर याकथुम्बाले पुरस्कृत गरे । नेपाल प्रोफेसनल गल्फर एसोसिएसनले आयोजना गरेको चार दिने प्रतियोगितालाई सूर्य नेपाल प्रा.लि.ले प्रायोजन गरेको थियो ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]