9 years ago
January 18, 2017
काठमाडौं ( हाम्रो खेलकुद) – सेपाकताक्रोको पदक विजेता नेपाली टोली श्रीलंकाबाट बुधबार स्वदेश फर्केको छ । श्रीलंकाको कोलम्बोमा जनवरी १५ र १६ तारिखमा भएको दोश्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले पुरुष/महिला रेगु र डबल्समा गरी जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा गरेको थियो । सबै ४ स्पर्धामा नेपालले रजतक पदक जितेको थियो ।

अनिल गुरुङ कप्तान रहेको पुरुष टोलीमा , एलन गुरुङ, रुपेश सुनार र रोशन तामाङ थिए । त्यस्तै सोममाया थापा मगरको कप्तानीमा रहेको महिला टोलीमा सुमित्रा डंगोल, चन्द्रा चौधरी र स्वस्तिका श्रेष्ठ थिए । नेपाली टोलीको प्रशिक्षक गंगाबहादुर गुरुङ रहेका थिए । अर्जुनबहादुर ठकुल्ला र रोशन भट्टराईले च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
च्याम्प्यिनसिपमा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तान गरी पाँच राष्ट्रले भाग लिएका थिए । प्रतियोगितापछि भएको दक्षिण एसियाली सेपाकताक्रो महासंघको चौथो बैठकले प्रतियोगिताको तेश्रो संस्करण २०१८ को जनवरीमा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । पहिलो संस्करण पनि नेपालमै भएको थियो ।
बैठकमा दक्षिण एसियाली सेपाकताक्रो महासंघका अध्यक्ष सीताराम मास्के, महासचिव ध्रुव गुरुङ, सचिव नेत्रप्रसाद गुरुङ र सदस्य राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले भाग लिएका थिए । सोही बैठकले विष्टलाई सदस्यबाट उपाध्यक्षमा मनोनित गरेको थियो । राखेपका प्रेस सल्लाहकार रोहित दाहाल पनि टोलीसंगै फर्किएका छन् । टोलीलाई नेपाल सेपाकताक्रो संघका पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]