default_image

9 years ago

January 19, 2017

सुबिसु कर्पोरेट गल्फ शनिबार

215 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुबिसु केबलनेट प्राईभेट लिमिटेडको मुख्य प्रायोजनमा सुबिसु कर्पाेरेट गल्फ प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसका खेलाडीको सहभागिता रहने राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएका छन् ।

golf

रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगिता स्टेबल फोर्ड फम्र्याटको ३ र ४ ह्यान्डिक्यापको आधारमा हुने छ ।प्रतियोगितामा विभिन्न बैंक, कर्पोरेट हाउसका कार्यरत ४ महिला सहित ६० गल्फरले प्रतिस्पर्धा गर्ने बताइएको छ ।छ । प्रतियोगिताको बिजेताले ट्रफि तथा गिफ्ट ह्याम्पर पाउने छन् ।

विजेतालाई गिफ्ट ह्याम्परको रूपमा सुबिसुले आफ्नो ईन्टरनेट सेवा उपलब्ध गराउने छ । त्यस्तै खेलाडीको परिवारको मनोरन्जनको लागी फन प्रोग्रामहरू समेत राखिने आयोजकले जनाएको छ । सुबिसुले पहिलो पटक मुख्य प्रायोजक भएर खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको यो पहिलो पटक हो । यसपटकको प्रतियोगिता सफल भएमा अर्को बर्षपनि आयोजना गरिने सुबिसुका सिईओ बिनय मोहन साउदले बताए ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.