9 years ago
January 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– बसन्तराज गुरुङले सूर्य नेपाल गल्फ टुर अन्तर्गत मंगलबार सुरु भएको एनपिजीए छनोट स्कुल प्रतियोगिताको पहिलो दिन अग्रता लिएका छन् ।

पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सुरु भएको प्रतियोगितामा बसन्तले १ ओभर ६९ खेले । भुवन कुमार रोक्का दोस्रो स्थानमा छन् । भुवनले ३ ओभर ७१ को प्रदर्शन गरे । ७ ओभर ७५ को स्कोर कार्ड बनाएका दिनेश नगरकोटी तेस्रो स्थानमा छन् ।
७६ खेलेका दल लामा चौथो र ७७ खेलेका भुवन गुरुङ पाँचौं स्थानमा छ । किशन कालिराज र नारायण चौलागाई ७९ स्कोरका सात संयुक्तरुपमा छैटौं स्थानमा छन् । ८० स्कोर कार्ड बनाएका अमित बोगटी र रोहित आचार्य दशौं भित्र अटाएका छन् ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) ले आयोजना गरेको प्रतियोगितामा २० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । ५४ होलको तीनदिने प्रतियोगितामा उत्कृष्ट पाँचभित्र पर्ने खेलाडी प्रोमा बढुवा हुनेछन् । प्रोमा बढुवा भएका खेलाडीले एनपिजिएको आयोजनामा हुने व्यवसायिक प्रतिस्पर्धामा भाग लिन पाउने बताइएको छ । स्कुल छनोटको विजेताले ५ हजार, दोस्राले ३ हजार र तेस्रो हुने खेलाडीले २ हजार रुपैयाँ पाउनेछन् ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]