9 years ago
January 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एनपिजीए छनोट स्कुल प्रतियोगिता अन्तर्गत बुधबार दोश्रो दिनको खेलसम्ममा बसन्तराज गुरुङ र दल लामा शिर्ष स्थानमा रहेका छन्।

पार ६८को रोयल नेपाल गल्फ क्लबमा मंगलबार शिर्षस्थानमा रहेका बसन्त राज गुरुङले आशातित प्रदर्शन गर्न सकेनन्। पहिलो दिन मंगलबार १ ओभर ६९ खेलेका गुरुङले बुधबार भने पाँच ओभर ७३को स्कोरकार्ड बनाए। कुल छ ओभर १४२ बनाएका बसन्त, दल लामासंग शिर्षस्थान रहेका छन्। लामा भने मंगलबार बनाएको आठ ओभर ७६लाइ सुधार्दै बुधबार दुइ अन्डर ६६को स्कोर बनाउदै शिर्ष स्थानमा उक्लिए।
भुवन कुमार कार्की सात ओभर १४३ लिएर तेश्रो स्थानमा छन्। उनले पहिलो दिन तिन ओभर ७१ खेलेका थिए भने आज ४ ओभर ७२मा दिनको खेल सके। चौथो स्थानमा १० ओभर १४६ जोडेका दिनेश नगरकोटी छन् भने पाँचौ स्थानमा ११ ओभर बनाएका किशन कलिराज रहेका छन्।
लिडर बसन्तले फ्रन्ट नाइनमा दुइ ओभर ३६ खेलेका थिए भने ब्याक नाइनमा तिन ओभर ३७ जोडे। उनले दोश्रो, सातौं र आठौँ होलमा बोगी खेलेका थिए भने पाँचौ होलमा बर्डी खेलेका थिए। ब्याक नाइनमा भने उनले १२औं, १६औं र १७औं होलमा बोगी खेले।
दोश्रो दिनमा उत्कृष्ट प्रदर्शन गरेका दल लामाले फ्रन्ट नाइनमा ३ अन्डर ३१ जोडे भने ब्याक नाइनमा १ ओभर ३५को प्रदर्शन गरे। दोश्रो, चौथो र पाँचौ होलमा बर्डी लेखाएका लामाले ब्याक नाइनको १७औं होलमा पनि बर्डी लेखाए। ११औं र १३औं होलमा बोगी खेलेका लामाले समग्रमा दुइ अन्डर ६६ को स्कोर बनाए।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) ले आयोजना गरेको प्रतियोगितामा २० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । ५४ होलको तीनदिने प्रतियोगितामा उत्कृष्ट पाँचभित्र पर्ने खेलाडी प्रोमा बढुवा हुनेछन् । प्रोमा बढुवा भएका खेलाडीले एनपिजिएको आयोजनामा हुने व्यवसायिक प्रतिस्पर्धामा भाग लिन पाउने बताइएको छ । स्कुल छनोटको विजेताले ५ हजार, दोस्राले ३ हजार र तेस्रो हुने खेलाडीले २ हजार रुपैयाँ पाउनेछन् ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]