1 year ago
September 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१औं वार्षिकोत्सवमा करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन्।
भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड प्रदान गरे।
एरिकाले गत वर्ष चीनको हाङजाउमा भएको १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन्। त्यस्तै उनले १०औं सितोरियो कराते विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्।
स्यान्टु पेरिस ओलम्पिक्समा छनोट हुने तेस्रो नेपाली खेलाडी हुन्। स्यान्टु अष्ट्रेलियामा रहेको कारण उनको बुवाले अवार्ड ग्रहण गरे। एरिका र स्यान्टु दुवैले समान १ लाख रुपैयाँ प्राप्त गरे ।

वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्डबाट पलेशा गोवर्धन सम्मानित भएकी छिन्। उनले गत वर्ष १९औं पारा एसियली खेलकुदमा ऐतिहासिक कास्य जितेकी थिइन्। उनी पारा एसियन खेलकुदमा पदक जित्ने पहिलो खेलाडी बनेकी थिइन्। उनी पेरिस पारालिम्पिक्समा छनोट हुन सफल भएकी थिइन्। उनलाई ५० हजार रुपैयाँ प्रदान गरियो।
पेरिस पारालिम्पिक्समा पहिलो पटक कास्य पदक जित्दै नेपाललाई अहिलेसम्म कै ठीलो पदक दिलाएकी पलेशाको अभिभावकलाई सो अवसरमा पनि सम्मान गरियो। यसैगरी ऐतिहासिक पदक विजेता पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि सम्मान गरिएको छ।

वर्ष उत्कृष्ट महिला जुनियर खेलाडीबाट एथलेटिक्सका देवकी कुमारी धामी र वर्ष उत्कृष्ट पुरूष जुनियर खेलाडीबाट क्रिकेटका दिपेश कडेल सम्मानित भएका छन। उनीहरुले समान २५ हजार रुपैयाँ प्राप्त गरे।
नेपाल कराते महासंघ उत्कृष्ट संघ बनेको छ। नेपाल कराते महासंघलाई कदर पत्र प्रदान गरिएको थियो। पत्रकारिता अवार्डबाट नागरिक दैनिकका अनिल मल्ल ठकुरी र अनलाइन खबरकी नमिता दाहाल सम्मानित भए।
यसैगरी करार सेवा पुरस्कारबाट प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भए। सूर्य नेपाल प्रालिलाई उत्कृष्ट प्रायोजकको रूपमा सम्मान गरिएको छ। सूर्य नेपालले सन् १९९३ देखि प्रोफेसनल गल्फलाई प्रायोजन गर्दै आएको छ।
यसैगरी टेबल टेनिस प्रशिक्षक राजेन्द्र कपाली उत्कृष्ट परिषद सेवा पुरस्कार, कबड्डीका प्रशिक्षक विष्णुदक्त भट्ट, प्रशासकीय अधिकृत हिरा प्रसाद पौडेलले सर्वोत्कृष्ट परिषद सेवा पुरस्कार , बलराम लामा र दुर्गादेवी बस्नेत परिषद सेवा पुरस्कार तथा कृष्ण घिमिरेले करार सेवा पुरस्कार प्राप्त गरे।
कार्यक्रममा राखेपका पूर्व सदस्य सचिवहरुलाई पनि सम्मान गरिएको थियो।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]