4 weeks ago
September 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत टिम अफ दी इयरको अवार्ड नेपाली राष्ट्रिय महिला कबड्डी टिमले जितेको छ।
चीनको हाङचाउमा भएको १९औं एसियाली खेलकुदमा राष्ट्रिय महिला कबड्डी टिमले ऐतिहासिक कास्य पदक जितेको थियो।
नेपालको दशक लामो एसियाली खेलकुदको सहभागीतामा नेपालले टिमतर्फ जितेको यो पहिलो पदक थियो। यसअर्थ यो कास्य ऐतिहासिक बनेको हो। अवार्डमा आज कुल दश विधामा अवार्ड प्रदान गरिनेछ।
अवार्डको पुरूष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसको विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछ। यसबाहेक अन्य विजेताले नगद एक लाख प्राप्त गर्नेछन।
September 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग- सिजन २ को उपाधि शनिबार जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको फाइनलमा पुलिसले र आयोजक स्ट्याग चयाम्पियन्स टेबलटेनिस एकेडेमीलाई समग्रमा ८–४ ले पराजित गर्दै उपाधि जितेको हो। समान २ पुरुष/महिला सिंगल्स र मिक्स डबल्स गरी ५ स्पर्धा खेल्नु पर्नेमा […]
September 22, 2024
धादिङ (हाम्रो खेलकुद) – छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगितामा तीन पटकका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले एकल अग्रता लिएका छन् । बद्रीलालले पाँचौ चरण सम्मको खेलमा ४ जित, एक बराबरी खेल्दै ४.५ अंक जोडेर शीर्षस्थानमा रहेका छन् । नेपाल बुद्धिचाल महासंघको आधिकारिक क्यालेण्डर प्रतियोगिता मध्येको एक ‘छैटौं राष्ट्रिय भेट्रान’ प्रतिस्पर्धामा बद्रीलालले स्याङ्जाका मोहन सिं प्रधान, […]
September 22, 2024
सरिता श्रेष्ठ, काठमाडौं करातेकी एरिका गुरूङ नेपाली खेलकुदकी सफल खेलाडी। छोटो समयमा एरिकाले प्राप्त गरेको सफलता र पदक लोभलाग्दो छ। उनले गत वर्ष १९ औं एसियाली खेलकुद (एसियाड) मा ऐतिहासिक रजत जित्दै देशलाई गर्विलो क्षण दिइन्। उनी निर्विवाद नेपाली करातेकी सर्वाधिक सफल खेलाडी हुन्। २० वर्षको उमेरमा उनले अन्तराष्ट्रिय एरिनामा गरेको प्रदर्शन निकै दमदार रहेको […]