default_image

1 year ago

September 17, 2024

ओलम्पियाडमा भाग लिन नपाएपछि बुद्धिचाल महासंघको दुःखेसो

829 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- हंगेरीमा जारी ४५ औं चेस ओलम्पियाड खेलमा नेपाली बुद्धिचाल टोलीले भिसा उपलब्ध नभएका कारण सहभागिता जनाउन पाएन । अस्ट्रेलियाबाट हंगेरी पुगेका नेपाली विवेक थिङले भने प्रतियोगितामा भाग लिइरहेका छन्।

नेपाल बुद्धिचाल महासंघले मंगलवार १८ सदस्यीय नेपाली‌ टोलीको पटक‌ पटकको‌ प्रयासपछि भिसा प्राप्त गर्न नसकेको जनाएको छ।

महासंघका महासचिव धरम बहादुर लामाले भिसा प्रक्रियाका बारेमा लामो चर्चा गरेका थिए। ‘ ओलम्पियाड आयोजक राष्ट्र , विश्व बुद्धिचाल महासंघ फिडे र दिल्ली स्थित हंगेरी एम्बेस्सी सँग समन्वय गरि नेपालमा रहेको जर्मनी एम्बेस्सीमा भिसा एप्लाइ गरेका थियौं । जर्मनी एम्बेस्सीले भिसा दिन अस्वीकार गर्यो र पुन: अपील गरेपनि चासो देखाएनन्,’ लामाले भने ।

‘सेप्टेम्बर ११ देखि २४ सम्म सञ्चालन हुने चेस स्पर्धामा विश्वका १ सय ९७ राष्ट्रलाई सहभागी गराइ रेकर्ड राख्ने लक्ष्यमा रहेको हंगेरीको विदेश मन्त्रालयले नेपाली‌ टोलीलाई भारतको दिल्लीमा रहेको आफ्नो दुतावासमा भिसा लिन प्रस्ताव गरे। खेलाडी सहित टोलि रातारात दिल्ली पुगे पनि लामो प्रयासका बाबजुद भिसा दिन नमिल्ने जानकारी गराए’ लामाले पत्रकार सम्मेलनमा जानकारी दिए।

महासंघका अध्यक्ष हेराकाजी महर्जनले महासंघकै पदाधिकारीले खेलाडी फर्कदैनन् भन्ने पत्र जर्मन दुतावासलाई‌ दिएको सुचना प्राप्त भएपनि आफूहरुसँग प्रमाण नभएको बताए ‌। उनले पत्रकारलाई सत्यतथ्य बुझिदिन आग्रह गर्दै आफूहरु पनि त्यसको खोजीमा लाग्ने बताए ।

महासंघले अन्तर्राष्ट्रिय जगतमा देशको नाम उचो पार्ने खेलाडीले भिसा नपाउनु दुःखद भएको जनाउँदै भविष्यमा यस्तो कसैले भोग्नु नपरोस भन्दै युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई बुँदागत सुझाव पनि दिएको छ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.