default_image

1 year ago

September 22, 2024

राष्ट्रिय भेट्रान चेसमा बद्रीलालको अग्रता

495 views

0 Bookmark

धादिङ (हाम्रो खेलकुद) – छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगितामा तीन पटकका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले एकल अग्रता लिएका छन् । बद्रीलालले पाँचौ चरण सम्मको खेलमा ४ जित, एक बराबरी खेल्दै ४.५ अंक जोडेर शीर्षस्थानमा रहेका छन् ।

नेपाल बुद्धिचाल महासंघको आधिकारिक क्यालेण्डर प्रतियोगिता मध्येको एक ‘छैटौं राष्ट्रिय भेट्रान’ प्रतिस्पर्धामा बद्रीलालले स्याङ्जाका मोहन सिं प्रधान, भक्तपुरका जगन्नाथ ताम्राकार, ताप्लेजुङका हर्कबहादुर चोङ्वाङ र भक्तपुरका गणेशमान दुवाललाई हराएका थिए भने ललितपुरका एफएम बिलमलाल श्रेष्ठसँग बराबरी खेलेका थिए ।

बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा भक्तपुरका जगन्नाथ ताम्राकार, काठमाडौंका सिएम नवीन तण्डुकार र सिएम भगवती प्रसाद शर्माले समान ४ अंक बनाएर संयुक्त दोश्रो स्थानमा छन् ।

भक्तपुरका जगन्नाथले आज चौथो चरणमा सिएम नवीन र पाँचौ चरणमा धादिङका तारामान श्रेष्ठलाई पराजित गरे । त्यस्तै पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारले चौथोमाजगन्नाथ सँग हार व्यहोर भने पाँचौमा सप्तरीका विनोद कुमार गुप्तालाई पराजित गरे ।

त्यसैगरी सिएम भगवती प्रसाद शर्माले चौथो चरणमा ताप्लेजुङका हर्कबहादुरलाई र पाँचौ चरणमा भक्तपुरका गणेशमानलाई हराए । पूर्व नेपाल च्याम्पियन एफएम बिलमलाल ३.५ अंक जोडेर तेश्रोमा छन्। तेश्रो चरणमा पूर्व नेपाल च्याम्पियन नविनसँग हार व्यहोर्नु परेको थियो भने बद्रीलाल सँग बराबरी खेले ।

धादिङ जिल्ला थांक्रे गाउँपालिकामा सञ्चालन भइरहेको च्याम्पियनसिपको अन्तिम दुई चरण सोमवार हुनेछ । १८ जना राष्ट्रिय शीर्ष भेट्रान खेलाडीले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताका विजेताले ४० हजार, दोस्रोले २०, तेस्रोले १५, चौथोले १०, पाँचौले ८, छैटौं र सातौंले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.