1 year ago
November 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सिंगापुरमा सन्चालन भएको १६ ओै एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरि कुल ९ पदक जितेको छ ।
नेपालको लागि सिनियर महिला तर्फ ६८ केजी तौल भन्दा माथि समुहमा १९ ओै एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङले नेपाललाई स्वर्ण पदक दिलाइन् । त्यसैगरि महिला तर्फकै ५० केजी मुनीको तौल समुहमा अन्जली महर्जनले नेपाललाई स्वर्ण पदक दिलाइन् ।
एलिशा रासकोटी मगर, टपी थापा र मेघा लिम्बुको समूहले महिला तर्फको टिम कातामा रजत पदक जितेको छ। निरुपा दोङ तामाङले सिनियर महिलाको ५५ केजी मुनिको तौल समुहमा रजत पदक जितिन् ।
त्यसैगरि सिनियर महिला एकल कातामा एलिशा रासकोटी मगर कास्य पदक प्राप्त गरिन् ।
महिला जुनियर तर्फ ४५ केजी मुनिको तौल समुहमा पोरसिया चौधरी, ६८ केजी मुनि तौल समुहमा आशिका राईले कास्य पदक जितिन् ।
पुरुष तर्फको १६ बर्ष मुनि एकल कातामा रेहान जावेद र सिनियर पुरुष तर्फ ८४ केजी मुनिको तौल समूहमा मोहम्मद शेखु आलमले नेपाललाई कांस्य पदक दिलाए ।

१२ खेलाडी, प्रशिक्षक, व्यवस्थापक, रेफ्री,अफिसियल गरि कुल ३० जनाको नेपाली टोलीले एशियन प्यासिफिक सितोरियो करातेमा भाग लिएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङ्गी ‘ईश्वर’ले जानकारी दिए ।
एशियन प्यासिफिक सितोरियो करातेको आइतवार हुने बिशेष अधिवेशमा नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ र सितोरियो करातेका संरक्षक समेत रहेका नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा सहभागी हुने बताइएको छ। नेपाली कराते टोली सोमवार स्वदेश फर्कनेछ ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]