11 months ago
December 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन बुधवार ८-अन्डर ६२ को प्रभावशाली बोगी रहित स्कोरमा निरज तामाङ शीर्षस्थानमा रहेका छन्।
घरेलु प्रो निरजले धन बहादुर थापालाई ४ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहे। धरान स्थित धरान गल्फ क्लबमा आज निरजले ८-अन्डर ६२ को उत्कृष्ट स्कोरकार्ड दर्ज गर्ने क्रममा तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा एक-एक सट बचाए। उनले फ्रन्ट नाइनमा ४-अन्डर ३२ मा खेले।
त्यसपछि ५-पारको १२औ होलमा इगलको सफलता प्राप्त गरे। उनले १५औं र १८औं होलमा पनि बर्डी प्रहार गरे। ब्याक नाइन पनि ४-अन्डर ३० मा सकाउँदै सानदार सुरूवात गरेका छन्। सिजनको दोस्रो प्रतियोगिता काठमाडौं ओपनमा पनि उनले प्रोतर्फ पहिलो स्थान प्राप्त गरेका थिए।
त्रिभुवन आर्मी क्लबका धन बहादुर थापाले ४-अन्डर ६६ को स्कोरमा पहिलो १८ होलको खेल दोस्रो स्थानमा सकाए। उनले दोस्रो होलमा बोगीको समाना गरे। त्यसपछि कमब्याक गर्दै तेस्रो, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। यसपछि १३औं होलको बोगी विरूद्ध १२औं, १६औं र १८औं होलमा बर्डी प्रहार गरे। ब्याक नाइन २-अन्डर ३० मा सकाए।
३-अन्डर ६७ को नतिजामा भुवन कुमार रोक्का तेस्रो स्थानमा रहे। उनले फ्रन्ट नाइनमा २-अन्डर ३४ र ब्याक नाइनमा १-अन्डर ३३ को स्कोर दर्ज गरे। तेस्रो, सातौ, नवौं, पन्ध्रौंर अठारौं होलमा एक-एक सट बचाए। पहिलो र सत्रौं होलमा बोगी खेपे।
एमेच्योर सुन्दर राई सहित प्रोहरु युवराज भुजेल र विष्णु प्रसाद शर्माले संयुक्तरुपमा चौथो स्थान बाँडे। ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल २७ एमेच्योर गरी कुल ५६ गल्फरको सहभागिता रहेको छ।
कुल ८ लाख ८२ हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। १८ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ २१ प्रोफेसनल गल्फरले कट बनाउने छन् । प्रोफेसनलतर्फ कट बनाएको स्कोरमा एमेच्योर गल्फरले पनि कट बनाउनेछन्।
नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा यो सिजन हुने ८ प्रतियोगितामा कुल ६७ लाख रुपैयाँ पुरस्कार रहेको छ। यसअघि भएको दुई प्रतियोगिताको उपाधि एमेच्योर गल्फरहरुले जितेका थिए।
सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुल विके र दोस्रो प्रतियोगिताको उपाधि नेपाल नम्बर एक गल्फर सदभाव आचार्यले जितेका थिए। यो पटक भने यी दुवै खेलाडीको सहभागिता छैन। साथै चोटको कारण डिफेन्डिङ च्याम्पियन शुक्र बहादुर राईले पनि खेलेका छैनन्।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]