default_image

11 months ago

January 6, 2025

राइट टु प्रोटिन रन हाफ म्याराथन अर्को महिना

789 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण अर्को महिना आयोजना हुने भएको छ।

प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनको आयोजना राइट टु प्रोटिन हाफ म्याराथन माघ १२ गते हुने सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो।

हाफ म्याराथनमा महिला/ पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीहरूको ५ किलोमिटर पुरुष र ३ किलोमिटर महिला, फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचेयर पुरुष तथा महिला र बालबालिकाका लागि रन फर फन विधामा प्रतिस्पर्धा हुने छ ।

राइट टु प्रोटिन म्याराथनमा करिब ८ हजार संख्यामा सहभागिता रहने आयोजकको अनुमान छ । हाफ म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ भक्तपुरको राधेराधे पुगेर सोही रुट हुँदै दशरथ रंगशालामा नै आएर टुगिनेछ ।

सहभागिता र पुरस्कार राशिका हिसाबमा यो प्रतिस्पर्धा नेपालकै सबभन्दा ठूलो हाफ म्याराथन रहेको आयोजक कमिटीका संयोजक डा.शितलकाजी श्रेष्ठले बताए । गत संस्करणको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषमा दीपक अधिकारी च्याम्पियन भएका थिए ।

पछिल्ला तीन संस्करणमध्ये दुई वटामा सहभागी हुँदा सन्तोषी च्याम्पियन भएकी थिइन् । पत्रकार सम्मेलनमा पनि उपस्थित धाविका सन्तोषीले खेल क्षेत्रसंग सम्बन्ध नभएको संस्थाले आयोजना गरेको म्याराथन उत्कृष्टमध्ये एक रहेको बताइन् । यस पल्ट पनि आफू खेल्ने तयारीमा रहेको उनले उल्लेख गरेकी छन् ।

धाविका सन्तोषीले यस प्रोटिन म्याराथनले खेलाडीहरूलाई आकार्षित गरिरहेको बताइन् । आफूले अध्ययन गरिरहेको विषय डाइट एन्ड न्युट्रिसन रहेको र यस विषयमा आयोजकले सन्देश पनि दिइरहेकाले खेलाडीका लागि यो म्याराथन विशेष रहेको सन्तोषीको भनाइ छ ।

खेलाडीले पाउनुपर्ने पुरस्कार ढिला पाउने गरे पनि यस म्याराथन आयोजकले लगत्तै पुरस्कार दिने गरेको उनको भनाइ छ ।

आयोजकले महिला र पुरुषलाई समान पुरस्कार व्यवस्था गरेको छ । हाफ म्याराथनमा च्याम्पियन हुने दुवैले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । दोस्रोले १ लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौंले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

१० किलोमिटर खुला पुरुष दौडमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । महिलामा पाँच किलोमिटर तर्फ शीर्ष तीन स्थानमा रहनेलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार प्रदान गरिने छ । चौथोले १० हजार र पाँचौंले पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

विद्यार्थी र ह्विलचियर प्रतिस्पर्धामा पनि पुरस्कारको व्यवस्था गरिएको छ । ह्विलचियर तर्फ महिला र पुरुषमा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा खेलाडीहरूको सुविधाको लागि रुटका विभिन्न स्थानमा पानी, प्राथमिक उपचार र आकस्मिक सेवाको लागि एम्बुलेन्सको व्यवस्था गरिएको आयोजक संयोजक श्रेष्ठले जानकारी दिए ।

यस प्रतियोगिताका लागि नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने म्याराथनमा करिब ५ सय स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.