default_image

11 months ago

January 16, 2025

राखेपद्वारा एनओसीको निर्वाचन र साधारण सभा अवैध ठहर !

442 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनाव र साधारण सभालाई अवैध भएको ठहर गरेको‌ छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको बोर्डको १ सय १९ औं बोर्डले एनओसी निर्वाचनलाई‌ अवैध ठहर गर्दै आवश्यक प्रकृया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने निर्णय गरेको बताइएको छ ।

एनओसीको चुनाव तथा साधारण सभामा भाग लिएका राष्ट्रिय खेल संघले पेश गरेको स्पष्टिकरण उचित कारण र आधार विना पेश गरेका संघका लागि थप आवश्यक प्रकृया अगाडि बढाउने समेत निर्णय भएको सदस्य–सचिव टंकलाल घिसिङले बताएका छन् ।

अदालत र राखेपको आदेशको‌ अवज्ञा गर्दै निर्वाचन गरेको एनओसीले निर्वाचन र विशेष साधारणसभा गरेको थियो।

उच्च अदालतको आदेश र राखेपको निर्देशनको अटेर गर्दै एनओसीले मंसिरमा विशेष साधारणसभामार्फत विधान संशोधन गरेको थियो। सोही विधानका आधारमा पुस १३ गते निर्देशन गरेको थियो।

सर्वोच्च अदालतले निर्वाचन रोक्न दिएको आदेश र सोही आदेशका आधारमा राखेपले  दिएको निर्देशनलाई अवज्ञा गर्दै एनओसीले अनलाइनमार्फत अध्यक्षको निर्वाचन गरेको थियो। निर्वाचनमा भाग लिएका २० संघका प्रतिनिधिले जीवनराम श्रेष्ठलाई अध्यक्षमा मत दिएका थिए।

एनओसीमा आबद्ध २७ मध्ये ७ संघका प्रतिनिधिले‌ भने मतदान गरेनन् । निर्वाचनमा भाग लिएका वा नलिएका सबै संघसँग राखेपले स्पष्टिकरण सोधेको थियो।

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

कर्णालीमा चैतमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित भएको छ।

खेलकुद मन्त्री चौधरीको अध्यक्षतामा बसेकक बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको राखेपले जनाएको छ।

सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको बैठकले लोगो र मस्कट पारित पारित गर्दै उपयुक्त समयमा सार्वजनिक गर्ने निर्णय गरेको बताइएको छ।

राखेपले चैत २३ गतेदेखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरेपनि मन्त्री परिषद बैठकबाट पास भएको छैन।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.