default_image

11 months ago

January 17, 2025

उदयको अध्यक्षतामा लुम्बिनी प्रदेश जिम्न्यास्टिक संघ गठन

177 views

0 Bookmark

सुमन अधिकारी,बुटवल

नेपाल जिम्न्यास्टिक संघको बुटवलमा भएको लुम्बिनी प्रदेश भेलाले संघको प्रदेश समिति गठन गरेको छ ।

बिहीवार भएको भेलाले प्रदिप कुमार उदयको अध्यक्षतामा संघको प्रदेश समिति गठन गरेको हो । समितिमा निर्मित कसजु उपाध्यक्ष, कमला शर्मा पोखरेल (मन्जु) महिला उपाध्यक्ष, मोहन लाल जोशी सचिच, आयुष बोगटी कोषाध्यक्ष छन् ।

कदम शर्मा महिला सदस्य, सुमन अधिकारी, मधुसूदन घिमिरे (मुनाल), झविन्द्र फुल्लेल, सचिन कुँवर, डा. जुनेद मोहम्मद र अरुन प्रधान सदस्य रहेका छन् । रिक्त सह कोषाध्यक्ष र १ जना सदस्य महिलाबाट राखिने नवनिर्वाचित अध्यक्ष उदयले बताए ।

भेलामा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दिर्घबहादुर केसी, जिम्न्यास्टिक संघका केन्द्रीय प्रतिनिधि सन्तोष पाण्डे, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य अमृत केसी लगायतले नियमित खेल नहुदा ओलम्पिक खेलका रुपमा रहेको जिम्न्यास्टिक लोप हुने अवस्थामा पुगेको बताउँदै त्यसलाई पुनः जगाएर अगाडि बढाउनु पर्ने सुझाव दिएका थिए ।

नेपालमा पाँच दशक अगाडिबाट औपचारिक रुपमा जिम्न्यास्टिक खेल्न थालिएको भएपनि अलिहेसम्मको ठूलो उपलब्धि दक्षिण एसियाली खेलकुद सागमा प्राप्त दुई वटा कास्य रहेका छन् । नेपालबाट अहिलेसम्म ४ जना जिम्न्यास्टिक खेलाडीले ओलम्पिकमा सहभागिता जनाएका छन् ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.