default_image

11 months ago

January 17, 2025

खो खो विश्व कप – नेपालको दुवै टोली क्वाटरफाइनल खेल्दै

1316 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको‌ महिला र पुरुष दुवै टोलीले भारतमा जारी खो खो विश्‍व कपमा शुक्रवार क्‍वाटरफाइनलमा खेल्दैछन् ।

बिहीवार बंगालादेशलाई ८४-२४ ले हराउँदै नेपाल महिलातर्फ समूहको विजेताका रुपमा अन्तिम आठमा पुगेको थियो।

सेमिफाइनल प्रवेशका लागि आज नेपालले इरानको सामना गर्नेछ। खेल भारतीय समयअनुसार साँझ ४:३० बजे सुरु हुनेछ।

नेपालको पुरुषत टोली समूह उपविजेता बन्दै क्‍वाटरफाइनलमा पुगेको थियो। दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा बिहीवार नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई ९८-८ ले हराउँदै लगातार जित निकालेको थियो।

नेपालले आज क्वाटरफाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल भारतीय समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।

समूह ‘ए’मा नेपालले  ४ खेलबाट ६ अंक जोडेको थियो।
नेपाल भारतसँगको आफ्नो खेलमा ४१-३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४- ८ र पेरुलाई ८०-३४ ले हराएको थियो ।

महिलाको समूह ‘सी’ को विजेताका बनेको नेपालले ८ अंक जोडेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४, दोस्रो खेलमा जर्मनीलाई ७३-३४, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले हराएको थियो ।

विश्व कपमा महिलामा १९ र पुरुषमा २० टोलीको सहभागिता रहेको छ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.