default_image

10 months ago

January 31, 2025

एनओसी कार्यालय प्रवेशमा रोक

417 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालयमा प्रवेशमा नेपाल प्रहरी शुक्रवार रोक लगाएको छ।

प्रहरीले प्रवेशमा रोक लगाएको एनओसीका कार्यकारी सचिव सुजन लाल श्रेष्ठले‌ बताए । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनपछि प्रहरी बृत सातदोबाटो खटिएको प्रहरीबाट जानकारी प्राप्त भएको पनि श्रेष्ठले बताए ।

एनओसीले आज २ बजेका लागि राष्ट्रिय खेलकुद संघको बैठक राखेकोले रोखेको छ। त्यसअघि प्रहरीले कार्यालय प्रवेशमा रोक लगाएपछि बैठक अन्योल परेको छ।

फागुन १३ र १४ गते पाकिस्तानको‌ लाहोरमा हुने साउथ एसियन ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकमा भाग लिन जानुअघि एनओसीले राष्ट्रिय संघहरुको बैठक डाकेको जनाएको थियो।

एसएओसीमा १४ औं दक्षिण एसियाली खेलकुद (साग) मा‌ समावेश गरिने खेलका बारेमा निर्णय हुने भएकोले त्यसका लागि संघहरुको बैठक डाकेको एनओसीको भनाई छ ।

यसअघि गुपचुप निर्वाचन प्रक्रिया गरेको एनओसीले बैठकको समाचार संकलनका सन्चारकर्मीलाई पनि निमन्त्रणा गरेको छ।

सर्वोच्च र उच्च अदालत पाटनको आदेशको अवज्ञा गर्दै एनओसीले पुस १३ गते गरेको अनलाईन निर्वाचनलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अवैधानिक ठहर गरेको थियो।

विशेष साधारणसभा र निर्वाचन पछि सरकार र एनओसीको सम्बन्ध चिसिएको छ। निर्वाचन प्रक्रियाको समयमा पनि एनओसी प्रवेशमा प्रहरीले रोक लगाएको थियो।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.