10 months ago
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए ।
पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो तथा ११.८४ सेकेन्ड समयमा टीयुका प्रकाश जोशी तेश्रो भए ।
विनाले निर्धारित दूरी तय गर्न १४.४० सेकेन्ड समय खर्चिन् । टीयुकी आकृति चौधरी १४.९० सेकेन्डमा दोश्रो तथा पूर्वाञ्चल विश्वविद्यालयकी प्रमिला खड्का १५.०० सेकेन्डमा तेश्रो बने ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष लङजम्पमा पनि मुकेशले अर्को स्वर्ण जिते । उनले ६.७० मिटर जम्प गरे । सुदूरपश्चिमकै खेमराज जोशी (५.८२ मिटर) दोश्रो तथा टीयूका दिवस रेग्मी (५.५३ मिटर) तेश्रो भए ।
गण्डकी विश्वविद्यालयको सह–आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको समन्वयमा भइरहेको प्रतियोगिताको पुरुष ४ सय मिटर दौडमा टीयुका सुशिलकुमार बानियाँ पहिलो भए । उनले ५३.९१ सेकेन्डमा निर्धारित दूरी तय गरे । टियुका दिवस रेग्मी (५५.५६ सेकेन्ड) दोश्रो तथा सुदूरपश्चिमका दीपकराज भाट (५६.२९ सेकेन्ड) तेश्रो स्थानमा रहे ।
सो स्पर्धाको महिलामा मधेश प्रदेश विश्वविद्यालयकी हिमाली शाहीले स्वर्ण जितिन् । हिमालीले निर्धारित दूरी पूरा गर्न १ मिनेट १०.४६ सेकेन्ड समय लगाइन् । टीयूकी राज्यलक्ष्मी रावल (१ मिनेट १०.४८ सेकेन्ड) ले रजत तथा गण्डकीकी कृति गिरी (१ मिनेट १५.३० सेकेन्ड) ले कांस्य हात पारे ।
एथलेटिक्सको पहिलो दिन ५ स्वर्णको टुंगो लाग्दा सुदूरपश्चिम र टियु समान २ स्वर्ण पदक जितेका छन् । मधेश प्रदेशले १ स्वर्ण जितेको छ । १० स्पर्धा समावेश एथलेटिक्सको बाँकी ५ स्पर्धाको फाइनल बिहीबार हुनेछ ।
टेबलटेनिसमा टियु लाई २ स्वर्ण
पोखरामा जारी दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको टेबलटेनिस प्रतियोगितामा त्रिभुव विश्वविद्यालय (टियु) लाई दुई स्वर्ण पदक प्राप्त गरेको छ । महिला तथा पुरुष डबलस्मा त्रिभुवन विश्वविद्यालयका टिमले स्वर्ण जितेका हुन् ।

महिला डबलस्मा सिक्का सुवाल र दिया देउलाको जोडीले काठमाण्डौको सुजाता पौडेल स्वस्थी प्रधानको जोडीलाई पराजित गरेको हो ।
यस्तै पुरुष डबलसमा सिर्दाथ तामाङ र राजोज मान थाकुको जोडीले गण्कीको गनन्जय दाहाल र अनुष कुँवरको जोडीलाई पराजित गर्यो । यस्तै महिलामा पोखरा र गण्डकी तथा पुरुषमा काठमाण्डौ र पूर्वान्चल विश्व विद्यालय तेस्रो भएको छ।
खेलेर पनि बाँच्न सक्ने कानूनी व्यवस्था छ – सदस्य सचिव घिसिङ
खेलकुदलाई तहगत रुपमा विकास गर्ने उद्देश्यबाट विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न थालिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताएका छन् ।

दोस्रो विश्वविद्यालय खेलकुदको आज पोखरामा उद्घाटन गर्दै घिसिङले खेलेर पनि बाँच्न सक्ने कानुनी व्यवस्था गरिको जानकारी दिए ।
सहआयोजक गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा गणेशमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्का सदस्य तथा कार्यक्रम संयोजक डा मधुसुदन सुवेदीले स्वागत मन्तव्य राखे ।
कार्यक्रममा विश्व विध्यालयका रजिष्टार, डिन तथा कार्यक्रम संयोजकहरुको उपस्थिति थियो । माघ २४ गते सम्म सन्चालन हुने प्रतियोगितामा काठमाण्डौ,पूर्वान्चल, त्रिभूवन, पोखरा, गण्डकी, लम्विनी, सुदुर पश्चिम, कृषि तथा वन विज्ञान र पूर्वान्चल विश्व विद्यालका टोली सहभागी छन् ।

भलिबल, एथलेटिक्स,टेबलटेनिस र व्याडमिन्टनमा गरि १९ स्वर्ण पदका लागि प्रतिष्पर्धार भईरहेको प्रतियोगिताका सचिव तथा राखेप प्रतियोगिता विभाग प्रमुख मिन कुमार शर्माले बताए।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]