10 months ago
February 8, 2025
ललितपुर ( हाम्रो खेलकुद)- पुष्पसदन विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगीतामा प्राइम ग्लोबल स्कुलले ८ मध्ये ५ इभेन्टमा स्वर्ण पदक जितेको छ। अधिकांश इभेन्ट्समा बाजी मारेको छ ।
कीर्तिपुरस्थित पुष्पसदन सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा ३ दिन चलेको प्रतियोगितामा प्राईम ग्लोबलले छात्र र छात्रा टिम इभेन्टस, सिनियर छात्र एकल र यु–१३ को इभेन्ट , यु–११ छात्रातर्फको उपाधि जितेको हो ।
सेन्टमेरिज सेकेण्डरी स्कुल , बृहस्पती विद्या सदन र डिलाइट स्कुलले जितेका थिए । सेन्टमेरिजले सिनियर छात्रा एकल, बृहस्पती विद्यासदनले छात्र यु–११ र डिलाइटले यु–१३ छात्रतर्फको उपाधि जितेका हुन् ।
शनिवार छात्रातर्फको यु–११ को स्पर्धामा आयोजक पुष्पसदनकी क्रिष्टल भुषाललाई हराउँदै प्राइम ग्लोबलकी यामिला श्रेष्ठले विजयी भइन्। द एक्सेल सायरकी सुप्रिया रोका र युवक वुद्ध मण्डलकी मेरिसा श्रेष्ठ संयुक्त रुपमा तेस्रो भए। सम्बृद्धि स्कूलकी एन्ड्रि मर्हजन राइजिङ प्लेयर भइन् ।
प्राइम ग्लोबलका संभवराज वन्तले मंगल सकेण्डरी स्कुलका मनुषलाल श्रेष्ठलाई हराउँदै सिनियर छात्रतर्फको उपाधि जिते । यो इभेन्ट्समा पुष्पसदनका सफल मर्हजन र आइडियल मोडल स्कुलका सोयम मर्हजन तेस्रो भए। एकल छात्रमा मागुस इंग्लिस स्कुलका सक्रिन मर्हजन राईजिङ प्लेयर बने ।

छात्रा एकलतफ सेन्ट मेरिजकी सुष्मा शाक्य विजयी भइन्। प्रगती आर्दश इंग्लिस स्कुलकी इशानवी मर्हजन दोस्रो हुँदा पुष्पसदनकी मिचुली मर्हजन र लिटिल एन्जल्सकी प्रमिला जोशी तेस्रो भए । यो इभेन्ट्सको ह्वाईट फिल्ड सेकेण्डरी स्कुलकी बिदिसा मर्हजनराइजिङ प्लेयर भइन् ।
यु–१३ छात्रतर्फको उपाधि डिलाईटका आरंभराज शाक्यले जिते । उनले आफ्नै स्कूलका निर्भिक शाक्यलाई फाइनल हराए । यो इभेन्ट्समा पुष्पसदनका सुसन प्रधान र डिलाईटकै आयनराज शाक्यले तेस्रो भए । यो इभेन्ट्को पारागन पब्लिक स्कुलका सुचन बढा राइजिङ प्लेयर भए ।
यु–१३ उमेर समूहकै छात्रातर्फ प्राइम ग्लोबलकी स्कूलका प्राज्ना मर्हजनले विजयी भइन् । उपविजेता फ्युचर स्टार हाई स्कुलकी इमरिन मर्हजन दोस्रो तथ
पुष्पसदनका रिसु ज्ञावली र दाईसी मर्हजनले तेस्रो भए । यो इभेन्ट्सको क्रियटिभ एकेडेमीकी मेलिना मर्हजन राइजिङ प्लेयर भइन् ।
यु–११ छात्रतर्फको उपाधि बृहस्पती विद्यासदनका विनम्र घिमिरेले जिते । आइडियल मोडलका सत्भिक रत्न शाक्य दोस्रो तथा डिलाइट किण्डर गार्डेन स्कुलका रुसन शाक्य र केटिएम ग्लोबल स्कुलका कीर्तन श्रेष्ठ तेस्रो भए । संस्कृति इन्टरनेसनल स्कूलका संस्कार रत्न बज्राचार्य राइजिङ प्लेयर भए ।
टिम इभेन्ट्सको छात्रतर्फ प्राईम ग्लोबल पहिलो हुँदा मंगल सेकेण्डरी स्कुल दोस्रो तथा हिल टाउन र आइडियल मोडल तेस्रो भए।
यसैगरी पुष्पसदन टेबलटेनिसको टिम इभेन्ट्सको छात्रातर्फ प्राइम ग्लोबल विजेता बन्दा स्वर्णीम दोस्रो तथा मंगल र आयोजक पुष्पसदन तेस्रो भए।
कीर्तिपुरका मेयर कृष्णमान डंगोल, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष विजेन्द्र हमाल, टेबल टेनिसका मुख्य प्रशिक्षक प्रशिक्षक मोहनदास बासुकला , सोफेज नेपालका अध्यक्ष रामकृष्ण मर्हजन, नेपाल टेबल टेनिस संघका अध्यक्ष वीजेन्द्र हमाल , पुष्पसदनका संस्थापक अध्यक्ष महेश श्रेष्ठ , टेबलटेनिसकी ९ पटक राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले विजेता खेलाडीलाई पुरस्कृत गरे। प्रतियोगितामा ३० वटा विद्यालयका २ सय ३० खेलाडीको सहभागिता थियो।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]