10 months ago
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गल्फ संघको आयोजनामा फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप मंगलवार सुरु हुने भएको छ।
रोयल नेपाल गल्फ क्लबमा ५४-होलको तीन दिने प्रतियोगितामा जुनियर गल्फरहरू विभिन्न तीन उमेर समूहमा प्रतिस्पर्धा गर्ने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो।
ब्वाइज (१७-२१ वर्ष), ब्वाइज (१२-१६ वर्ष), र गल्स (१२-२१ वर्ष) उमेर समुहमा प्रतिस्पर्धा हुनेछ। यो प्रतियोगिता फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलको छनोट पनि हो।
प्रत्येक समूहका विजेताले आगामी अप्रिल २३ देखि २५ सम्म भियतनामको ला-लगुनामा हुने फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलमा स्थान बनाउनेछन्। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभावले भने स्वत: छनोट भैसकेका छन्।
गत नोभेम्बरमा सम्पन्न फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलमा यु-२१ तर्फ उपाधि जितेको कारण उनी स्वत: छनोट भएका हुन्। छनोट भैसकेपनि उनले प्रतियोगितामा भने सहभागिता जनाउनेछन्।
प्रतियोगितामा चार प्रदेशका ३१ जना जुनियर गल्फरहरूको सहभागीता रहनेछ। फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप सन् २०१२ देखि नियमित रूपमा आयोजना हुँदै आएको छ।
यो सिरिज छ पटकका मेजर च्याम्पियन सर निक फाल्डोको विश्वव्यापी जुनियर गल्फ प्रवर्द्धन अभियान हो।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]