10 years ago
September 30, 2015
काठमाडौं, असोज १३– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले केहि दिन भित्रै नेपाल क्रिकेट संघ (क्यान) पूर्नगठन गर्ने तयारी गरिरहेको छ ।
अन्तरिक विवादमा रुमलिएको क्रिकेटलाई निकास दिने भन्दै राखेपले पूर्नगठनको तयारी गरिरहेको राखेप सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए । क्रिकेट टोलीका कप्तान पारस खड्कासहित टोलीका अन्य सदस्यसँग सातदोबाटोमा बुधबार बिहान छलफल गर्दै सदस्य सचिव विष्टले भने,‘ क्रिकेट क्षेत्रमा देखिएको समस्या समाधान गर्न र क्रिकेट खेलाडीको विषय सुनिश्चित गर्न हामी जस्तो सुकै कदम चाल्न तयार छौं ।’ उनले राजनीतिक पूर्वाग्रहका आधारमा नभइ सर्व स्वीकार्य व्यक्तिलाई क्रिकेटको नेतृत्व दिने बताए ।
‘खेलाडी खेलप्रेमीहरुको चाहना अनुसारको नेतृत्व ल्याउनेछौं,’ उनले भने,‘राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा मान्यता पाउने व्यक्तिको खोजीमा छौं ।’ युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले विगतमा आफुले क्रिकेटको वेथितीलाई अन्त्य गर्ने प्रयास गरेपनि सफल नभएको बताए । ‘हामीले कोशिस गरेका थियौं ,’ उनले भने,‘तर मिडिया र अदालतका कारण सफल हुन सकेन ।’ मन्त्री पौडेले गत बर्ष क्यानलाई पुर्नगठन गर्दै पूर्व अध्यक्ष विनयराज पाण्डेको नेतृत्वमा नयाँ समिति ल्याएका थिए । तर अदालतले निर्वाचित समितिलाई नै मान्यता प्रदान गरेको थियो ।

कप्तान पारस खड्का लगायतका खेलाडीहरु
कप्तान पारसले नेपाली क्रिकेटमा जित र हारमा सिमित रहेको गुनासो गर्दै भने,‘ क्रिकेट भनेको जित हार मात्र होइन । यसको घरेलु संरचना र व्यवस्थापन हो । त्यसमा हामी चुकिरहेका छौं । खेलकुदका सबै निकाय छन् । तर क्रिकेट विकासको जिम्मेवार कसले लिने अन्यौल छ ।’ विगतमा पनि क्रिकेट विकासका लागि थ्रपै पटक बैठकमा बसेको स्मरण गर्दै अब पनि केही हुनेमा विश्वास नलागेको बताए । ‘हामीले सबै निकायमा आफ्ना कुरा राखिसक्यौं । तर समाधान कहिल्यै भएन । हामीले क्रिकेटको घरेलु संरचना हुनु प¥यो । सबैले खेल्ने वातावरण तयार हुनुप¥यौं भनेका छौं,’ उनको आक्रोश थियो,‘तर हामीलाई क्यानको विरुद्ध लाग्यो भन्ने आरोप आउछ । हामी कोही व्यक्तिका विरुद्ध होइन, चुस्त व्यवस्थापनका पक्षमा छौं । समय दिन सक्नेले क्यानको नेतृत्व लिनुप¥यो भन्ने हो ।’
क्रिकेटका उपकप्तान ज्ञानेन्द्र मल्ले नेपालको क्रिकेट खेल अघि बढेपनि व्यवस्थापन अघि बढ्न नसकेको बताए । ‘क्रिकेटमा अहिले केही सफलता हात लागेको छ । तर व्यवस्थापन एकदम कमजोर,’ उनले भने,‘यहाँ सम्मकी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सँग समन्वय गर्ने मान्छे पनि हामी कहाँ छैन ।’ खेलाडीमाथि आफ्नो सुविधाका लागि मात्र आवाज उठाएको भन्ने आरोपको खण्डन गर्दै ज्ञानेन्द्रले भने,‘ क्रिकेटमा क्यालेन्डर छैन । कुनै भिजन छैन । हामीले यस्तो आवाज उठायौं भने सुविधाका लागि कराएको आरोप आउछ ।’ विगतमा क्रिकेटमा केही नभएको भन्ने आक्रोश सही भएपनि अब त्यसैका आधारमा भविष्यमा पनि केही हुन्न अनुमान गर्नु निराशवादी टिप्पणी भएको उल्लेख गर्दै राखेप सदस्य सचिव विष्टले भने,‘हिजो भएन भने पनि अब हुन्छ । हामी क्रिकेटको संरचना बदल्न आएका हौं । यहाँ हाम्रो पार्टीको वा व्यक्तिगत कुनै स्वार्थ छैन । नेपाली क्रिकेट अघि बढ्नुपर्छ भन्ने मान्यता छ । त्यहि अनुसार अघि बढ्छौं ।’ क्यानले कात्तिक २२ गतेलाई निर्वाचनको घोषणा गरेपनि राखेपले त्यसअघि नै पूर्नगठन गर्ने सम्भावना बलियो छ ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]