4 months ago
August 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) ले सुस्मिता तामाङ र भीमबहादुर तामाङलाई वर्ष उत्कृष्ट खेलाडी अवार्ड– २०८१ बाट सम्मान गरेको छ ।
पुरुषमा भीम तथा महिलामा सुस्मिताले वर्ष उत्कृष्ट खेलाडी बुधवार अवार्डसहित नगद पुरस्कार प्राप्त गरे।
भीमले २४ औं राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा ३ स्वर्ण जितेका थिए । त्यही प्रतियोगितामा सुस्मिताले २ स्वर्ण जितेकी थिइन् ।
महासंघले आफ्नो २८ औं वार्षिकोत्सवमा वर्ष खेलाडीसहित वर्ष उत्कृष्ट प्रशिक्षक, प्रदेश संघ र जिल्ला संघलाई पनि सम्मान गरेको थियो । प्रशिक्षकमा आकाशचन्द्र घर्ती मगर, प्रदेश संघमा गण्डकी र जिल्ला संघमा गुल्मी उत्कृष्ट चुनिए ।

सोही अवसरमा गत अगष्ट १९ देखि २६ तारिखसम्म भारतमा भएको दसौं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताका स्वर्ण पदक विजेता किशोर श्रेष्ठ र राजमन्दिर श्रेष्ठ तथा रजत पदक विजेता चन्द्रबहादुर तामाङ पनि सम्मानित भए ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य अञ्जन धमला, आइटिएफका अध्यक्ष प्रवीणकुमार कार्की, महासचिव घमबहादुर थापालगायतले एक कार्यक्रमबीच सम्मान गरे ।
वार्षिकोत्सव मनाउने क्रममा यसअघि महासंघले भक्तपुरको कौशल्टारस्थित मानव सेवा आश्रममा आश्रितलाई खाना खुवाउनका साथै रक्तदान कार्यक्रम पनि गरेको थियो ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]