4 months ago
August 8, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच पछिल्लो वर्षबाट सुरु भएको विवादले अर्को वर्ष जापानमा हुने २० औं एसियाली खेलकुद (एसियाड) मा नेपाली खेलाडीको सहभागिता हुने नहुनेमा आशंका बढेको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले चिन्ता व्यक्त गरेको छ।
‘ विवादका घटनाक्रमले मिसन २०२६ को विशेष प्रशिक्षण तथा अन्य नियमित प्रशिक्षण रहेका खेलाडीमा अन्यौलता बढाएको छ। यसतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं ,’ खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले शुक्रवार जारी विज्ञप्तिमा भनिएको छ,’ खेलकुदमा देखिने पटक पटकको विवादले सबैभन्दा बढी मार खेलाडीलाई पर्ने गरेका छन् । सरकार र एनओसीको अहिलेको विवादले यथास्थितिमा रहने हो भने एसियाली खेलकुदमा नेपालको सहभागितामा प्रश्न उठ्छ नै । अहिलेको यो अन्यौलतालाई चिर्न जरुरी छ। यसले तयारीमा रहेका खेलाडीको मानसिकता असर पर्न सक्छ।’
‘वर्षौंदेखि तयारी गर्दै आएका खेलाडीले एसियाली खेलकुदमा भाग लिन नपाउने अवस्था सृजना भएको अवस्थामा त्यसको जिम्मेवारी कसले लिने? एक अर्कालाई दोषारोपण गरेर उम्कने प्रवृत्ति नेपाली खेलकुदमा नौलो होइन। यसतर्फ पनि हामी सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं,’ खेलाडी संघले भनेको छ।
विवादमा को सहि को गलत भन्दा पनि एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता निश्चित गराउन सबै पक्षको पहलका लागि खेलाडी संघले आग्रह गरेको छ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले केहि दिन अघि जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको एनओसी अवैध रहेको एनओसीको तदर्थ समिति गठन गर्ने तयारी भइरहेको बताइएका थिए।
यद्यपि मन्त्रालयले एसियाली खेलकुदका लागि पठाएको खेल सूचीलाई नभई श्रेष्ठ नेतृत्वको एनओसीले पठाएकै खेल सूची दर्ता गरेको थियो।
२७ मध्ये २२ संघले दिएको निवेदनका आधारमा एनओसीको तदर्थ समिति गठन गर्न लागिएको र त्यसले नै एसियाली खेलकुदमा नेपालको सहभागिता निश्चित गर्न पहल गर्ने बताएका छन्।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]