default_image

3 months ago

August 29, 2025

मकवानपुरको बागमती गाउँपालिका उत्कृष्ट स्थानीय तह

318 views

0 Bookmark

रविन्द्र वाईबा, काठमाडौं

मकवानपुरको बागमती गाउँपालिकालाई उत्कृष्ट स्थानीय तहबाट पुरस्कृत गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवमा आज खेलकुद क्षेत्रमा देशभरमै उत्कृष्ट कार्य गरेको भन्दै बागमती गाउँपालिकालाई सम्मान गरिएको हो ।

नेपाली खेलकुद क्षत्रको विकास र विस्तारमा बागमतीले गरेको कार्य उदाहरणीय रहेको भन्दै सम्मान गरेको हो।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेपमा सदस्य सचिव टंकलाल घिसिङ लगायतले बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, बागमती गाउँपालिकाका खेलकुद समितिका अध्यक्ष रहर सिं थिङ र निवर्तमान अध्यक्ष अरुण बल लगायतलाई सम्मापत्र प्रदान गरे।

राखेपले हरेक वर्ष खेलकुद क्षेत्रमा गरेको लगानी, प्रतियोगिता आयोजना, पुर्वधार निर्माण, खेलाडी उत्पादन र प्रोत्साहन लगायतको विभिन्न प्रतियोगिताको नतिजाहरुको मुल्यांकन गर्दै एक स्थानीय तहलाई सम्मान गर्दै आइरहेको छ।

बागमती गाउँपालिकाले आफनै लगानीमा फुटबल रंगशाला निर्माण, फुटबल एकेडेमी सञ्चालन र राष्ट्रियस्तरको गोल्डकप सञ्चालन गर्दै आइरहेकोको छ।
राखेपले आफनो वार्षिकोत्सवमा ५ खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरेको थियो।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.