default_image

3 months ago

August 31, 2025

सरकारी एनओसीलाई ओसिएको चेतावनी

268 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ‌ एसिया (ओसिए)ले सरकारी मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई लेटर प्याडमा आफ्नो लोगो प्रयोग नगर्न चेतावनी दिएको छ।

ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले आज सरकारी मान्यता पाएको एनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधानलाई पत्र लेख्दै भनेका छन्, ‘यो पत्रमार्फत तपाईंलाई सूचित गर्न चाहन्छौं कि नेपाल ओलम्पिक कमिटीको लेटरहेडमा तपाईंले गरेको सम्प्रेषणमा ओसिएको लोगोको अनधिकृत प्रयोग भएको पाइएको छ।’

पत्रमा अगाडि भनिएको छ,’ यसलाई औपचारिक चेतावनीका रूपमा प्रस्तुत गरिएको छ। यदि तपाईंले अबदेखि ओसिए लोगोको प्रयोग रोक्नु भएन भने, ओसिएले तपाईंविरुद्ध आवश्यक कानूनी कारबाही गर्नेछ।’

ओसिएले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओसिएको मान्यता रहेको जीवनराम श्रेष्ठ नेतृत्वको एनओसीलाई पनि पत्रको बोधार्थ पठाएको छ।

२३ राष्ट्रिय संघको साथ आफूहरुलाई रहेको दाबी गरेको एनओसीले केहि दिन अघि पत्रकार सम्मलेनमा आफूहरुलाई कसैको मान्यता नचाहिने प्रधानले बताएका थिए।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.