default_image

3 months ago

September 7, 2025

खेलाडी संघमा श्रेष्ठको निरन्तरता

554 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको तेस्रो साधारणसभा तथा निर्वाचनबाट दीपक श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ।

काठमाडौंमा शनिवार भएको साधारणसभाको उद्घाटन बागमती प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले गरेका थिए।

निर्वाचनबाट उपाध्यक्षमा आयषा शाक्य (तेक्वान्दो) र दीपक थापा (ब्याडमिन्टन), महासचिवमा शिवसुन्दर गोठे (टेबलटेनिस), सचिवमा मन्दे काजी श्रेष्ठ (कराते), कोषाध्यक्षमा आङ बाबु लामा (उसु) निर्वाचित भए। श्रेष्ठसहित पदाधिकारीमा सबैले सोहि पदमा निरन्तरता पाएका छन्।

सदस्यमा सन्तोषी श्रेष्ठ (एथलेटिक्स), जुनी राई (उसु), संजित डंगोल (जुडो), फुलमाया क्याप्छाकी (शुटिङ), अजित गुरुङ (बक्सिङ), संजिप लामा (फेन्सिङ), पुरुषोत्तम बज्राचार्य (टेबलटेनिस), सुरेश चुनारा (कुस्ती) र मबिन्द्र भण्डारी (बास्केटबल) चयन भए।

साधारणसभामा विभिन्न खेलका प्रतिनिधि तथा जिल्ला प्रतिनिधि गरी ५१ जनाको सहभागिता थियो। साधारणसभापछि बसेको पहिलो बैठकले विधानअनुसार थप एक उपाध्यक्ष र तीन सदस्य मनोनयन गरेको छ।

उपाध्यक्षमा फुटबलका बिकेश कुथु, सदस्यमा प्रदीप खड्का (टेनिस), अनुजा कुलुङ राई (कबड्डी) र वीरबहादुर महरा (तेक्वान्दो) लाई मनोनित गरिएको संघले जनाएको छ।

संघ २०६० सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएको हो। खेलकुद विकास ऐन २०७७ लागू भएपछि २०७९ सालमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भई संघ क्रियाशील रहँदै आएको छ। संघले हरेक वर्ष उत्कृष्ट खेलाडी अवार्ड गर्दै आएको छ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.