default_image

10 years ago

August 17, 2015

खेलाडी परिवारलाई आर्थिक सहयोग

212 views

0 Bookmark

नेपाल जुडो संघले गत बैशाखको भूकम्पमा परी ज्यान गुमाएका ३ जुडो खेलाडीका परिवारलाई सोमबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

खेलाडी परिवारलाई आर्थिक सहयोग
भूकम्पका कारण जुडो खेलाडी नुवाकोटकी अनिशा डंगोल, रसुवाका नारायण तामाङ र नुवाकोटकी निलम डंगोलले ज्यान गुमाएका थिए । उनीहरुका परिवारलाई समान ३–३ लाख रुपैयाा आर्थिक सहयोग प्रदान गरियो ।
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले स्व. अनिशाकी आमा गीता, स्व. नारायणकी आमा मीनकुमारी तथा निलमकी आमा कुमारीलाई जुडो संघको तर्फबाट ३ लाख रुपैयाा बराबरको चेक हस्तान्तरण गरे ।
त्यस्तै भूकम्पकै कारण क्षतिग्रस्त भएको नुवाकोट जुडो डोजोलाई पनि १ लाख रुपैयाा आर्थिक सहयोग प्रदान गरियो । मन्त्री पौडेलले डोजोका स्वयंसेवक प्रशिक्षक एवं ओलम्पिन गंगाबहादुर डंगोललाई १ लाखको चेक प्रदान गरे ।
जुडो संघले अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) र अल जापान जुडो फेडेरेसनबाट प्राप्त सहयोगबाट पीडितलाई आर्थिक सहयोग प्रदान गरेको हो । आईजेएफबाट भूकम्प पीडित जुडो सम्बद्धका लागि ५० हजार अमेरिकी डलर प्राप्त भएको जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । जापानबाट भूकम्प पीडित जुडो सम्बद्ध र जुडो विकासका लागि एकमुष्ट १० हजार अमेरिकी डलर सहयोग आएको थियो ।
अध्यक्ष वज्राचार्यले पहिलो चरणमा मृतक खेलाडीका परिवार र क्षतिग्रस्त एक डोजोलाई मात्र आर्थिक सहयोग वितरण गरिएको बताउदै अर्को चरणमा आंशिक एवं पूर्ण रुपमा घर भत्केका खेलाडीलगायतलाई आर्थिक सहयोग उपलब्ध गराउने जानकारी गराए । उनले जुडो संघले उपलब्ध गराएको सहयोग त्यति ठूलो नभएपनि यसले केहि हदसम्म पीडितको घाउमा मल्हम लगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मन्त्री पौडेलले भूकम्पले खेलकुद क्षेत्रलाई पनि ठूलो नोक्सानी पुर्‍याएको भन्दै अबका दिनमा नेपाली खेलकुदलाई नयाा ढंगबाट अगाडि बढाउन सरोकारवाला सबै लाग्नु पर्नेमा जोड दिए ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.