10 years ago
August 17, 2015
सीड्नीमा रहेको काठ्माडौ कन्भिनियन्स स्टोरले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघलाई भुकम्प पीडित खेलाडीका सहयोगका लागि करिब ५५ हजार रुपैया सहयोग गरेको छ ।
नर्थ सीडनीमा रहेको स्टोरका संचालक क्रिज भट्टराइले आज एक समारोह बिच नेपाल राष्ट्रिय तथा अन्त्राषर््िट्रय खेलाडी संघका अध्यक्ष दिपक बिष्टलाई नगद हस्तानतरण गरे । भट्टराइले मुलुकको प्रतिष्ठाको लागि रगत पसिना बगाउने खेलाडी मुलुकका राजदुत भएकोले आफ्नो स्टोरवाट अलिकती सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे । श्रीमती पुजा भट्टराइका साथ ब्यवशायमा रमाइरहेका क्रिजले भुकम्प पीडित खेलाडीको लागि सानै भएपनि सहयोग गर्न पाएकोमा आफु निकै खुसी भएको बताए ।
यता पारिवारीक भ्रमणमा आएका खेलाडी संघका अध्यक्ष दिपक विष्टले मुलुकका लागि रगत पसिना बगाउने खेलाडीप्रतीको प्रवासी सम्मान गर्विलो रहेको बताए । मुलुकका लागि पदक जित्ने कयैन खेलाडीहरु भुकम्पको चपेटामा परेको र यो सहयोग उनिहरुका लागि खर्च गरिने बताए । खेलाडीहरुलाई प्रवासमा गरिने मायाले आफु साच्चीकै एउटा खेलाडी भएकोमा गर्व लागेको बताउने बिष्टले भने , एनआरएनसांगको सहकार्यले बैदेशिक प्रशिक्षणको ब्यबस्था पाएमा खेलाडीहरुले राष्ट्रको झण्डा थप फहराउने छन ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]