default_image

9 years ago

June 4, 2017

नेपाली टेबल टेनिसलाई स्ट्यागको प्रायोजन

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– टेबल टेनिस खेल सामाग्री उत्पादक भारतीय कम्पनी स्ट्याग इन्टरनेसनलले नेपाली टेबल टेनिसलाई प्रायोजन गर्ने भएको छ । विगतमा अनौपचारिक रुपमा सहयोग गर्दै आएको स्ट्यागले औपचारिक रुपमा नेपाली टेबल टेनिसलाई सहयोग गर्न लागेको यो पहिलो पटक हो ।


स्ट्यागले एक बर्ष बिराएर टेबल टेनिसका आवश्यक सामाग्री उपलब्ध गराउने सम्झौता भएको अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघको साधारण सभामा भाग लिन गएका अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले जानकारी दिए ।

‘हामीका श्रोत साधनको कमी छ । सानो सहयोग पनि हामीका टेबल टेनिस विकासका लागि ठूलो हुन्छ,’ राजवैद्यले टेलिफोनमार्फत हाम्रो खेलकुद डटकमलाई भने,‘यसलाई हामीले सुरुआतका रुपमा लिएका छौं । आउने दिनमा अझै बढी सहयोगको अपेक्षा राखेका छौं । यसले नेपालीको टेबल टेनिस विकासमा टेवा पुग्छ भन्ने विश्वास लिएको छु ।’

तीन बर्षका लागि भएको सम्झौता अनुसार यो बर्ष स्ट्यागले संघलाई १२ वटा टेबल टेनिस बोर्ड, सो कोर्ट टेबल टेबल र सेट्स, ६० सेट सराउन्ड्, १२ वटा स्कोर बोर्ड र १२ अम्पायर टेबल उपलब्ध गराउनेछ ।

त्यस्तै खेलाडीका लागि हरेक बर्ष ३० खेल खेल पोशाक उपलब्ध गराउनेछ । जसको एक सेटमा ३ वटा टिसर्ट, २ वटा कट्टु, १ ट्रयाकसुट, ३ जोर मोजा, १ पानीको बोटल, १ झोला रहेका छन् । त्यस्तै संघले ६० दर्जन थ्री स्टार र ६० दर्जन वान स्टार बल पनि स्ट्यागबाट प्राप्त गर्ने सम्झौतामा रहेको अध्यक्ष राजवैद्यले बताए ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.