10 years ago
November 15, 2015
सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव केशव कुमार विष्टको पदस्थापनको बिषयमा यस अघि जारी अन्तरिम आदेशलाई आइतबार निरन्तरता प्रदान गरेको छ ।
अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्दै सर्वोच्चले सदस्य सचिव केशव कुमार विष्टलाई कार्यवाही गर्न अख्तियार दुरुपयोग निवारण आयोगले दिएको निर्देशन सम्वन्धि सक्कल फाइल अदालतमा पेश गर्न अख्तियारलाई आदेश दिएको छ ।
माननिय न्यायाधिस सुशिला कार्की र ओम प्रकाश मिश्रको संयुक्त इजलासले उक्त आदेश दिएको थियो ।
अख्तियार दुरुपयोग निवारण आयोगले गत भदौ २५ गते विष्टलाई सदस्य सचिवबाट हटाउन सरकारलाई निर्देशन दिएकोमा चित्त नबुझि त्यस उपर सदस्य सचिव विष्टले आफुलाई अन्याय भएको भन्दै अशोज १८ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएकोमा उक्त मुद्धामा सुनुवाई हुंदा कार्तिक १३ गते सम्माननिय प्रधान न्याधिस कल्याण श्रेष्ठको एकल इजलासले अख्तियारको आदेश तत्काल कार्यान्वयन नगर्न पहिलो अन्तरिम आदेश दिएको थियो ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]