8 years ago
January 11, 2018
झापा (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप राष्ट्रिय बक्सिङको पुरुष तर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ नेपाल एपिएफ क्लब च्याम्पियन बनेको छ । पुरषतर्फ २७ औं राष्ट्रिय प्रतियोगितासमेत रहेको स्पर्धामा आर्मीले ८ स्वर्ण १ रजत र १ कास्य पदक जितेको थियो । त्यस्तै आठौं महिला राष्ट्रिय समेत रहेको प्रतियोगितामा एपिएफले ३ स्वर्ण ४ रजत र १ कास्य पदक जितेको थियो ।
आयोजक झापा जिल्लाले १ स्वर्ण, १ रजत र १ कास्यका साथ दोश्रो स्थान प्राप्त गर्दा तेस्रो भएको अर्को विभागिय टोली नेपाल पुलिस क्लबले १ स्वर्ण र ४ कास्य पदक जितेको थियो । महिलातर्फ आर्मीले ३ स्वर्ण, २ रजत र ३ कास्य प्राप्त गर्दा तेस्रो भएको पुलिसले१ स्वर्ण र २ कास्य पदक जित्यो ।
आर्मीका प्रेम चौधरी पुरुषतर्फ र सोही क्लबकी विमला श्रेष्ठ महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए । झापाका प्रकाश लिम्बु ईजाम पुरुष र ललितपुर टिकाथलीका जेनिस राई महिलातर्फकी उदियमान खेलाडी चुनिइन् । उत्कृष्ट र उदियमान खेलाडीलाई झापा जिल्ला बक्सिङ संघले जनही ५ हजार रुपैयाँ प्रदान गर्यो ।
झापाको बिर्तामोड बजारमा सञ्चालन भएको प्रतियोगिताको महिला लाईट फ्लाईवेटको ४८ केजी तौल समूहमा आर्मीकी ललिता महर्जनले स्वर्ण पदक जितिन् । ललिताले फाइनलमा एपिएफकी नंग्जा बुढामगरलाई अंकका आधारमा हराइन् ।यसैगरी ५१ केजी तौल समूहको फाइनल खेलमा एएिफकी माला राईले आर्मीकी गीता कुमारी थापालाई अंकमा हराइन् ।
महिला वेन्टमवेटको ५४ केजी तौल समूहमा आर्मीकी विमला श्रेष्ठले स्वर्ण पदक जितिन् । उनले फाइनलमा भक्तपुरकी निता गोसाइलार्ई हराइन् । महिला ५७ केजी तौल समूहमा नक्शालकी कुसुम तामाङले एपिफकी सन्जु लामालाई अंकका आधारमा हराउदै स्वर्ण जितिन् । महिला ६० केजी तौल समूहमा एपिएफकी संगिता सुनार स्वर्ण पदक जित्नका लागि फाइनलमा काठमाण्डौंकी मन्दिरा पुतुवारलाई हराइन् ।
६४ केजी तौल समूहको फाइनलमा आर्मीकी पुनम रावलले एपिएफकी विनिता थापामगर फाइनल खेलमा हराइन् । महिला ६९ केजी तौल समूहमा पुलिसकी अनुराधा लामाले स्वर्ण पदक हात पारिन् । अनुराधाले एपिएफले मनिता राई हराइन् । महिला ७५ केजी तौल समूहमा एपीएफकी सरस्वती राणाले आर्मीकी सविना श्रेष्ठलाई पराजित गदै स्वर्ण पदक जितिन् ।
पुरुष ४९ केजी तौल समूहमा आर्मीका तेज बहादुर देउवाले स्वर्ण पदक जिते । उनले सुनसरीका सुलभ राज तुलाधरलाई हराए । ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरीले एपिएफका विक्रम परियारलाई पराजित गरे । ५६ केजी तौल समूहमा आर्मीका विमल रोकाले स्वर्ण जिते । एपिएफका पुरन राई खेलका क्रममा इन्जुरी भए पछि निर्णयकले विमललाई विजयी घोषत गरे ।
६० केजी तौल समूहमा आर्मीका एकबहादुर घलेले स्वर्ण पदक जित्ने क्रममा फाइनलमा झापाका प्रकाश लिम्बु ईजामलाई हराए । ६४ केजी तौल समूहको फाइनलमा पुलिसका भूपेन्द्र थापामगरले आर्मीका दिपक श्रेष्ठलाई हराए । ६९ केजी तौल समूहमा आर्मीका विष्णु घलेले एपीएफका विकास बल लामालाई हराउदै स्वर्ण जिते ।
७५ केजी तौल समूहमा आर्मीका दिपेश लामाले एपीएफका कौशल जंग थापालाई हराउदै स्वर्ण जिते । ८१ केजी तौलको फाइनलमा झापाका मनोहर बस्नेतले ललितपुर टिकाथलीका सौजन थापालाई पराजित गर्दै उपाधि जिते ।९१ केजी तौलको फाईनलमा आर्मीका श्याम खड्काले एपिएफका गोकुल गुरुङलाई हराउदै स्वर्ण जिते । यसैगरी ९१ केजी तौल समूहभन्दा माथिको फाइनलमा आर्मीका आशिष दुवाडीले काठमाडौंका मेघ डेनियल लामालाई पराजित गदैै स्वर्ण जिते ।
पाँच दिने प्रतियोगिताका बिजय टिमका खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयका सहसचिव जनार्दन रिजाल ,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,राखेप सदस्य एवंम् संघका उपाध्यक्ष अर्जुनबहादुर केसी,उपाध्यक्ष भोजराज सिटौलालगायतले पुरस्कृत गरे ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]