8 years ago
March 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– गोदावरी नगरपालिकाले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा नगरभित्रका अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तर सफलता प्राप्त गरेका खेलाडीलाई आइतबार सम्मान गरेको छ ।
करातेका दीपक श्रेष्ठ, गंगाराम महर्जन र अमृता शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा तथा उसुका निकेश श्रेष्ठलाई राष्ट्रिय स्तरको सफलता प्राप्त गरेकोमा नगरपालिकाको प्रतिष्ठा बढाएकोमा सम्मान गरिएको बताइएको छ । दीपक, गंगाराम र अमृतालाई समान १० हजार र निकेशलाई ५ हजार र सम्मान पत्र प्रदान गरिएको थियो ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका दीपकले आठौं दक्षिण एसिायली खेलकुद (साग) र नवौं सागमा स्वर्ण पदक जितेका थिए । दीपक अहिले राष्ट्रिय कराते टोलीका प्रशिक्षक छन् । गंगारामले आठौंमा स्वर्ण र अमृताले दसौं सागमा रजत पदक जितेकी थिइन् । प्रदेश नं ३ का मुख्य मन्त्री डोरमणी पौडेल र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सम्मान गरेका थिए ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]