default_image

8 years ago

May 9, 2018

आर्चरीमा नेपाललाई एक रजतसहित चार पदक

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले बंगलादेशमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा चार वटा पदक जितेको छ । बंगलादेशको ढाकामा भएको आर्चरी च्याम्पियनसिपमा बुधबार नेपालले १ रजत र ३ कास्य गरी ४ पदक जितेको हो ।

बुधबार टिम रिकर्भमा रोशन नगरकोटी, तिलक पुन मगर र अशिम शेरचन रहेको नेपाली पुरुष टोली आयोजक बंगलादेशको टिमसँग पराजित हुदै रजतमै चित्त बुझायो । त्यस्तै नेपालले कम्पाउण्ड टिम पुरुष, टिम महिला र कम्पाउण्ड मिक्समा कास्य जितेको छ ।

कम्पाउण्ड रिकर्भ पुरुषमा होम बहादुर थापामगर, रमेह भट्टचन र खुम बहादुर कुमालको टोलीले तेस्रो स्थान प्राप्त गर्यो । कम्पाउण्ड महिला रिकर्भमा रश्मी दर्लामी, प्रसादा आचार्य र मोनिका रानामगरको टोलीले कास्य पदक जितेको हो ।

कम्पाउण्ड मिक्समा पनि नेपालले तेस्रो स्थान प्राप्त गर्यो । मार्च ६ बाट १० तारिखसम्म चल्ने च्याम्पियनसिपमा चार महादेशका २० देशका खेलाडीले प्रतिस्पर्धा गरेको नेपाल आर्चरी संघले जनाएको छ ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.