8 years ago
May 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को स्वर्गीय छोरा प्रकाश दाहालको स्मृतिमा प्रथम प्रकाह दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता हुने भएको छ । प्रकाश दाहालको गत मंसिरमा हृदयघातका कारण निधन भएको थियो ।
आयोजक अखिल नेपाल खेलकुद संघले शुक्रबार पत्रकार सम्मेलनबाट प्रतियोगिता असार ३ देखि ५ गतेसम्म हुने जानकारी गराएको हो । नेपाल बक्सिङ संघको तत्वावधानमा आयोजनामा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा हुनेछ । प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलामा ८ केजी तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
जसमा १८ स्वर्ण, १८ रजत र ३६ कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ ४९ केजी, ५२ केजी, ५६ केजी, ६० केजी, ६४ केजी, ६९ केजी, ७५ केजी, ८१ केजी, ९१ केजी र ९१ केजी माथिको तौल समूहमा स्पर्धामा प्रतिस्पर्धा हुने छ । महिलातर्फ ४८ केजी, ५१ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६४ केजी, ६९ केजी र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको सम्पूर्ण तौल समूहको विजेतालाई नगद पुरस्कारको व्यवस्था गरिएपनि पुरस्कारको राशि खुलाइएको छैन । पुरस्कार राशीबारे छलफल भैरहेको कारण तत्काल घोषणा गर्न नसकिएपनि खेलाडीहरुले आकर्षक पुरस्कार पाउने आयोजक समितिका संयोजक पवन अग्रवालले जानकारी गराए ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]