10 years ago
February 4, 2016
काठमाडौँ, माघ २१ । प्रथम नलन्दा अन्तर स्कुल बास्केटबलको उपाधी क्याम्पियन स्कुलले हात पारेको छ ।
शुक्रबार सम्पन्न प्रतियोगितामा क्याम्पियनले ओसिसमाथी ४९-३३ स्कोरले पाखा लगाउन सफल भयो ।

पहिलो खेललाई आफ्नो दवावमा राख्न सफ क्याम्पियनले पहिलो क्वाटरमा १२।१० स्कोर गर्यो । दोश्रो क्वाटरमा ओसिसले समान अंक ११ अंक बटुल्दै खेलमा फर्कन चाहे पनि तेश्रो क्वाटरमा ८।१३ र चौथोमा ४।१३ ले पछि पर्दै क्याम्पियनलाई नतिजा सुम्पियो ।
पाँच स्कुलको सहभागिता रहेको प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाईएको थियो । राउन्ड रोविनमा उच्च अंक हासिल गरेका दुई स्कुलविच उपाधीको लागि प्रतिस्पर्धा गराईएको थियो ।
प्रतियोगितामा नलन्दाका हेमलाल श्रेष्ठ मोष्ट भ्यालुएबल प्लेयर घोषित भए । वेष्ट डिफेन्सिभ प्लेयर नलन्दाका नविन लोहारले हात पारे । प्रतियोगिता भरि ७० अंक जोडेका क्याम्पियनका निओन शेरचन उच्च स्कोरर भए ।
विजयी खेलाडीहरुलाई ललितपुर जिल्ला प्याब्सनका अध्यक्ष शिव कार्की, नलन्दा स्कुलका निरिक्षक सुरेन्द्र भट्ट र स्कुलका प्रिन्सिपल नारायण प्रसाद राईले पुरस्कार वितरण गरेका थिए ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]