7 years ago
August 21, 2018
दीपक न्यौपाने
जकार्ता– ज्ञानी चुनारा इन्डोनेसियामा जारी १८औं एसियाड अन्र्तगतको महिला तेक्वान्दोको क्वाटरफाइनलमा पराजित भएकी छन् । ज्ञानी क्वाटरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिनसँग २०–० को अन्तरमा पराजित भईन् ।
आज बिहान भएको अन्तिम १६ को खेलमा भुटानकी छोदेन किनजाङलाई २८–६ को भारी अन्तरमा पराजित गर्दै ज्ञानी क्वाटरफाइनलमा पुग्न सफल भएकी थिईन् । तर, क्वाटरफाइनलमा ज्ञानी फिलिपिन्सकी लोपेज पाउलिनसँग खेल्नै सकिनन् ।
आजै भएको अर्काे खेलमा ओलम्पियन निशा रावल अन्तिम १६ बाट बाहिरिएकी छन् । पदकको अपेक्षा गरिएको निशा ६७ केजीभन्दा माथिको तौल समुहमा चीनकी गाओ पानसँग २२–६ को अन्तरमा पराजित भईन् ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]