6 years ago
June 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सम्बन्धित संघको सिफारिसमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि जेठ तेस्रो सातादेखि विभिन्न खेलका खेलाडीलाई विशेष प्रशिक्षण राखेको थियो ।

अहिले सागमा समावेश २७ खेलमध्ये केही खेलबाहेक सबै खेलको विशेष प्रशिक्षण जारी छ ।
यस्तोमा नेपाल एथलेटिक्स संघले २६ खेलाडीलाई समावेश गर्दै गत २७ गतेबाट विशेष प्रशिक्षणको सुरु गरेको थियो । तर, १३औं सागमा पदक दिलाउने सम्भावना बोकेका कीर्तिमानी खेलाडीद्धय सोम बहादुर कुमाल र अजित कुमार यादव नै राष्ट्रिय टोलीमा अटाएनन् ।
दुवै खेलाडीले संघकै सिफारिसमा कतारमा खेल्न गएको र आठौं राष्ट्रिय खेलकुदमा संघले एसियन एथलेटिक्स सहभागी जनाउन आग्रह गर्दै १३औं सागको लागि विशेष प्रशिक्षणमा पनि राख्ने आश्वासन दिएको बताएका थिए । तर, विशेष प्रशिक्षण शुरु भइसक्दा पनि यी दुई खेलाडीले मौका नै नपाउने हो कि भन्ने शंकामा पुगेको थिए । अब भने त्यो शंका हटेको छ ।
यस सम्बन्धी हाम्रो खेलकुद डटकमले अध्ययन गर्दै उनीहरुलाई आठौं राष्ट्रिय खेलकुदमा भाग नलिएको कारण राष्ट्रिय टोलीबाट फालिएको सुचना भेट्टायो । हामीले स्टार खेलाडीहरु नै बाहिरिएपछि यस सम्बन्धी अझै अनुसन्धान गर्दा यी दुई खेलाडीले संघकै सिफारिसमा आठौं राष्ट्रिय खेलकुदलाई त्याग्दै कतारको दोहामा आयोजना भएको एसियाली एथ्लेटिक्समा सहभागिता जनाएका थिए । सोम र अजितले राखेप एथलेटिक्स संघ र सम्बन्धित विभागमा संघकै सिफारिसमा एसियन एथलेटिक्स खेल्न जान लागेको बताउदै आठौं राष्ट्रिय खेलकुद खेलेका थिएनन् ।
हामीले गत सोमबार करिव ११ बजेतिर ‘कीर्तिमानी अजित र सोम राष्ट्रिय टोलीमा अटाएनन्’ भन्ने शीर्षकमा समाचार लेखेपछि संघले तत्कालै उनीहरु राष्ट्रिय टिममै रहेको बताउँदै दुवै खेलाडीलाई विशेष प्रशिक्षणको लागि सम्वन्धित विभागमा पत्र पठाएर खेलाडीलाई विशेष प्रशिक्षणको लागि बोलायो ।
अजितले मंगलबार देखि नै राष्ट्रिय टोलीसँगै प्रशिक्षण गरिसकेका छन् । अर्का कीर्तिमानी खेलाडी सोमको केही प्रक्रिया नमिल्दा केही दिनपछि विशेष प्रशिक्षणमा समावेश हुने एथलेटिक्सका मुख्य प्रशिक्षक विक्रम जंग थापाले बताएका छन् । आर्मीका प्रशिक्षक पुष्पराज ओझाले केही प्राविधक कारण सोमको ढिलाई भएको र बुधबारसम्म यो समस्या समाधान भइसक्ने बताएका छन् ।
सोम ट्र्याक एन्ड फिल्डका ४००, ८०० र १५०० मिटरको च्याम्पियन हो । सोमले ८०० मिटरमा धनीराम चौधरीको नाममा रहेको २३ वर्षअघिको कीर्तिमा तोडेका थिए । चौधरीले ८ सय मिटर दौड १ मिनेट ५०.६० सेकेन्डको राष्ट्रिय कीर्तिमान स्थापित थियो ।
अजितले हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्णपदक जित्दै ४५ वर्षपछि ऐतिहासिक पदक दिलाएका थिए । पुरुष ३ हजार मिटर दौडमा अजितले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरेका थिए ।
अजितले आफ्नै नाममा रहेको जुनियर राष्ट्रिय कीर्तिमान पनि सुधार गरेका थिए । यसैवर्ष राखेपले आयोजना गरेको केन्द्रीय विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा अजितले ८ मिनेट ४४.९ सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान बनाएका थिए । सिनियरमा भने यो कीर्तिमान ज्ञानबहादुर बोहराको नाममा छ । उनले १९९९ मा भारतको नयाँ दिल्लीमा भएको एथलेटिक्स च्याम्पियनसिपमा ८ मिनेट २३.५९ सेकेन्डको कीर्तिमान रचेका थिए । नेट ३०.३२ सेकेन्डमा पूरा गरेका थिए ।
अजितले आफ्नै नाममा रहेको जुनियर राष्ट्रिय कीर्तिमान पनि सुधार गरेका छन् । यसैवर्ष राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको केन्द्रीय विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा अजितले ८ मिनेट ४४.९ सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान बनाएका थिए । सिनियरमा भने यो कीर्तिमान ज्ञानबहादुर बोहराको नाममा छ । उनले १९९९ मा भारतको नयाँ दिल्लीमा भएको एथलेटिक्स च्याम्पियनसिपमा ८ मिनेट २३.५९ सेकेन्डको कीर्तिमान रचेका थिए ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]