default_image

6 years ago

July 27, 2018

विशेष प्रशिक्षणाका लागि उसु टोली चीन प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली उसु टोली वैदेशिक प्रशिक्षणका लागि चीन प्रस्थान गरेको छ । नेपाली टोली शुक्रबार बिहान चीन प्रस्थान गरेको हो । ९ खेलाडी र तीन अफिसियल गरी ११ सदस्यीय नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशव कुमार विष्टले बिदाई गरे । नेपाली टिमले चीनमा २० दिनसम्म […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली उसु टोली वैदेशिक प्रशिक्षणका लागि चीन प्रस्थान गरेको छ । नेपाली टोली शुक्रबार बिहान चीन प्रस्थान गरेको हो । ९ खेलाडी र तीन अफिसियल गरी ११ सदस्यीय नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशव कुमार विष्टले बिदाई गरे ।


नेपाली टिमले चीनमा २० दिनसम्म प्रशिक्षण गर्नेछ । त्यसपछि नेपाली टोली साउन ३० गते जाकार्ता प्रस्थान गर्नेछ । युवराज थापाले नानक्वानमा अलराउन्डमा प्रतिस्पर्धा गर्नेछ । पदम ठकुल्लाले ५६ केजी तौल समूहमा, मंगल प्रसाद थारुले ६० केजी तौल समूहमा र चित्र सिंह ठकुरीले ६८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछ ।

महिलातार्फ जुनी राईले ५२ केजी र लुमन्ती श्रेष्ठले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछ । सुस्मिता तामाङले छाङक्वान र निमा घर्तीमगरले नानक्वान अलराउन्डमा प्रतिस्पर्धा गर्नेछिन् । प्रशिक्षकमा अम्बर कुमार थिङ, शैलेन्द्र श्रेष्ठ र फत्त बहादुर लामा रहेका छन् ।

ढाडको अप्रेसनका कारण बीरमान लामा टिमसँग गएका छैनन् । उनले ६५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछ । प्रशिक्षणका क्रममा चोट बोकेपछि बीरमानको चावाहिलस्थित दीर्घायु अस्पतालमा ५ दिन अघिदेखि उपचार भैरहेको छ ।

 रिपोर्ट आएपछि मात्रै उनले खेल्न सक्ने या नसक्ने प्रशिक्षक शैलेन्द्र श्रेष्ठले उनले खेल्न नसकेको खण्डमा उनको स्पर्धामा अन्य खेलाडीले खेल्न पाउने छैन । एसियाडल अन्र्तगत उसुका खेलहरु भदौ ३ गतेबाट ७ गतेसम्म रहेको छ ।

Success

Thank you for your time.