default_image

4 years ago

November 3, 2019

सागको तयारीका लागि बिच भलिबल टोली श्रीलंकातर्फ

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला तथा पुरुष बिच भलिबल टिम प्रशिक्षण र अभ्यासका लागि आइतबार श्रीलंका प्रस्थान गरेको छ । झन्डै एक महिनापछि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नोपली टोलीले श्रीलंकामा १० दिने प्रशिक्षण गर्नेछ । नेपाली राष्ट्रिय महिला तथा पुरुष बिच भलिबल टिमले त्यहा १० दिनको अवधिमा […]

28 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला तथा पुरुष बिच भलिबल टिम प्रशिक्षण र अभ्यासका लागि आइतबार श्रीलंका प्रस्थान गरेको छ । झन्डै एक महिनापछि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नोपली टोलीले श्रीलंकामा १० दिने प्रशिक्षण गर्नेछ ।

नेपाली राष्ट्रिय महिला तथा पुरुष बिच भलिबल टिमले त्यहा १० दिनको अवधिमा प्रशिक्षणका साथै ५–५ अभ्यास खेल खेल्नेछन् । श्रीलंका भलिबल फेडेरेसनको निमन्त्रणामा नेपाली महिला र पुरुष बिच भलिबल टिमले श्रीलंकामा १० दिन लामो प्रशिक्षणको अवसर पाएको हो । बिच भलिबलमा पुरुषतर्फ मानबहादुर श्रेष्ठ, दिल सुनार, सञ्जु बिक्रम शाह र राजु बिके छन् ।

महिलामा बिनिता बुढाथोकी, नेविका चौधरी, कोपिला उप्रेती र मनिषा चौधरी रहेका छन् । पुरुष टिम प्रशिक्षकमा सुदेश कुमार रिमाल र महिला टिम प्रशिक्षकमा कौशिला खत्री रहेका छन् । व्यवस्थापकमा जितेन्द्र श्रेष्ठ र श्रीराम बोगटी छन् । १३ नोभेम्वरमा स्वदेश फर्कने तालिका छ ।

Success

Thank you for your time.