default_image

3 years ago

September 19, 2020

विभागका सिफारिसमा सागमा स्वर्ण जित्ने १५ लाई मानपदवी

प्रकाश तिमल्सिना, काठमाडौं सम्बन्धित विभागले सिफारिस नगरेको भए १३ औं दक्षिण एसियाली खेलकुद (साग) का औलामा गन्न सकिने स्वर्ण पदक विजेता खेलाडी पनि मानपदवीबाट बञ्चित हुने देखिएको छ । विभागीय टोली (नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी) को सिफारिसमा गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागका १५ खेलाडी विभिन्न मानपदवीबाट विभूषित भएका छन् […]

246 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

सम्बन्धित विभागले सिफारिस नगरेको भए १३ औं दक्षिण एसियाली खेलकुद (साग) का औलामा गन्न सकिने स्वर्ण पदक विजेता खेलाडी पनि मानपदवीबाट बञ्चित हुने देखिएको छ ।

विभागीय टोली (नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी) को सिफारिसमा गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागका १५ खेलाडी विभिन्न मानपदवीबाट विभूषित भएका छन् ।
संविधान दिवसका दिन राष्ट्रपतिबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूतिष गर्ने घोषणा गर्ने परम्परा अनुसार यो वर्षको शनिबार घोषणा भएको थियो ।

ओलम्पियन संगिना वैद्य, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवाल, राखेप कार्यकारी समितिका सचिव कुलबहादुर थापाले मानपदवी प्राप्त गर्दा सागका पदक विजेता खेलाडीलाई भने वेवस्ता गरिएको छ ।

विभागबाट सिफारिस भए पदक प्राप्त गर्नेमा प्रहरीका ७, सेनाका ६ र शसस्त्रका २ खेलाडी छन् ।
सेनाका हिमालय तमाटाले परम पौरख भाष्कर अलङकार प्राप्त गर्नेछन् । नेपाल प्रहरीका ७ खेलाडी नेपाल प्रताप भूषण अलङ्कार पाउने भएका छन् । त्यस्तै सेनाका ५ र शसस्त्रका २ खेलाडीका नामा स्वीकृति पदक घोषणा भएको छ ।

३६ वर्ष लामो इतिहास बोकेको सागको १३ औं संस्करणमा नेपाललाई एतिहासिक सफलता दिलाउने १५ बाहेकका बाँकी खेलाडी भने मानपदवीबाट बञ्चित भएका छन् । सागमा ५१ स्वर्ण, ६० रजत र ९६ कास्य गरि कुल २ सय ७ पदक जित्दै नेपाल पदक तालिकामा दोस्रो भएको थियो ।
सागमा पदक तालिकामा दोस्रो पटक दोस्रो स्थानमा रहन सफल भएपनि पदकका हिसाबले यो सागमा नेपालको अहिले सम्मको सबै भन्दा ठूलो सफलता हो ।

सागमा पौडीकी गौरिका सिंहले ४, तेक्वान्दोकी आयशा शाक्य, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले समान २ वटा स्वर्ण पदक जितेका थिए । पौडीमा व्यक्तिगत इभेन्ट्समा स्वर्ण पदक जित्ने ओलम्पियन गौरिका नेपाली खेलकुद इतिहासमै पहिलो हुन् ।

फुटबल टोलीले स्वर्ण जितेको थियो भने बाँकी खेलाडीले समान १ स्वर्ण पदक विजेता थिए । तर राष्ट्रपतिबाट प्रदान गरिने मानपदवीमा भने खेलाडीमाथि वेवास्ता भएको छ । राखेपले सिफारिस गरेका कुनै पनि खेलाडीले मानपदवी पाएनन् ।

राखेपले स्वर्ण पदक जित्ने सबै खेलाडी र सम्बन्धित खेलको प्रशिक्षकका लागि मानपदवी सिफारिस गरेको राखेप कार्यकारी समितिका सचिव समेत रहेका प्रवक्ता कुलबहादुर थापाले जानकारी दिए ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठका अनुसार युवा तथा खेलकुद मन्त्रालयमार्फत राखेपले स्वर्ण पदक विजेतालाई मानपदवीका लागि फारम भराएको थियो । आफै मुल्याङ्कन गरेर दिइनुपर्ने मानपदवीका लागि फारम भराएको स्मरण गर्दै श्रेष्ठले त्यसका वावजुद अहिले सुचिमा नराखिनुलाई भने अपमान भनेका छन् ।

त्यस्तै नेपाली सेनाका पूर्व खेलकुद विभाग प्रमुख महासेनानी शशि किरण रायमाझीले अति पौरख भाष्कर अलङकारबाट विभूषित हुने भएका छन् ।

अलङ्कार र पदक पाउने स्वर्ण पदक विजेता विभागिय खेलाडी :

हिमाल टमाटा (डुवाथोलन)– आर्मी – परम पौरख भाष्कर

विकास थापा (भारोत्तोलन)– पुलिस – नेपाल प्रताप भूषण

कमल श्रेष्ठ (तेक्वान्दो) – पुलिस – नेपाल प्रताप भूषण

वीरबहादुर महरा (तेक्वान्दो) – पुलिस – नेपाल प्रताप भूषण

भूपेन्द्र थापा (बक्सिङ) – पुलिस – नेपाल प्रताप भूषण

सुनिता महर्जन (कराते) – पुलिस – नेपाल प्रताप भूषण

सरु कार्की (कराते)– पुलिस – नेपाल प्रताप भूषण

देविका खड्का (जुडो) – एपिएफ – स्वीकृति पदक

किरणसिंह बोगटी (म्याराथन) – एपिएफ – स्वीकृति पदक

सञ्जिव ओझा (तेक्वान्दो) – आर्मी– स्वीकृति पदक

संगिता मगर (तेक्वान्दो) – आर्मी – स्वीकृति पदक

निता गुरुङ (तेक्वान्दो) – आर्मी – स्वीकृति पदक

मिनु गुरुङ (बक्सिङ) – आर्मी– स्वीकृति पदक

प्रविण मानन्धर (कराते) – आर्मी – स्वीकृति पदक

Success

Thank you for your time.