default_image

3 years ago

June 16, 2021

पलेशाले पारालिम्पिकमा भाग लिने पक्का

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले टोकियो पारालिम्पिक खेल्ने सहभागिता निश्चित भएको छ । जापानमा भदौ १७ देखि १९ गते सम्म हुने पारालिम्पिकका लागि पलेशाले क्याटागोरी ४४ अन्तर्गत ५९ केजी तौल समूह मुनीमा वाइल्डकार्ड प्राप्त गरेको नेपाल तेक्वान्दो संघले जनाएको छ । वाइल्ड कार्डका लागि संघले पलेशासँगै रञ्जना धामीका लागि पनि सिफारिस […]

51 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले टोकियो पारालिम्पिक खेल्ने सहभागिता निश्चित भएको छ । जापानमा भदौ १७ देखि १९ गते सम्म हुने पारालिम्पिकका लागि पलेशाले क्याटागोरी ४४ अन्तर्गत ५९ केजी तौल समूह मुनीमा वाइल्डकार्ड प्राप्त गरेको नेपाल तेक्वान्दो संघले जनाएको छ ।

वाइल्ड कार्डका लागि संघले पलेशासँगै रञ्जना धामीका लागि पनि सिफारिस गरिएको जनाएको छ । संघका अनुसार पलेशाला विश्व तेक्वान्दो महासंघको १३ औं स्थानमो वरियतामा रहेकोले महासंघ र अन्तर्राष्ट्रिय पारालिम्पिक कमिटीबाट नेपालका लागि एउटा मात्र कोटा दिने व्यवस्था गरे अनुसार पलेशाले वाइल्ड कार्ड पाएकी हुन् ।

संघ अन्तर्गत रहेको पारा राष्ट्रिय टोलीकी सदस्य पलेशा २०७२ सालदेखि नै नियमित प्रशिक्षणमा रहेकी छिन् । कोरानाको दोस्रो लहरका कारण निषेधाज्ञा भएपनि प्रशिक्षक कविराज नेगी लामाले पेलेशालाई जुममार्फत प्रशिक्षण दिइरहेका छन् । पारा तेक्वान्दो समितिका सचिव ओलम्पियन दीपक विष्टले पाराल्याम्पिकमा पहिलो पटक समावेश तेक्वान्दोका लागि वाइल्ड कार्ड प्राप्त गर्नुलाई ठूलो सफलता मानेको बताएका छन् ।

‘पलेशा राम्रो खेलाडी हुन् । अन्तर्राष्ट्रिय प्रतियोगिताको पनि उनलाई राम्रो अनुभव छ,’ राष्ट्रिय तेक्वान्दो टोलीका प्रशिक्षक समेत रहेका विष्टले भने, ‘अब बन्द प्रशिक्षण सुरु गर्नेछौं । र सम्भव भएसम्म वैदेशिक प्रशिक्षकका लागि संघमार्फत पहल गर्नेछौं ।’

पलेशाले २०१८ मा भियतनाममा भएको भएको चौथो एसियन पारा तेक्वान्दो ओपन प्रतियोगितामा आफ्नो समूहमा कास्य पदक जितेकी थिइन् ।
पलेशाले सन् २०१७ मा कोरियामा भएको तेस्रो एसियन अन्तर्राष्ट्रिय पारा तेक्वान्दो ओपन प्रतियोगितामका के ४४, ५८ केजी मूनिको तौल समूहमा पाँचौं स्थान प्राप्त गरेकी थिइन् । त्यहि वर्ष उनले बेलायतमा भएको सातौं विश्व तेक्वान्दो प्रतियोगितामा पनि आफ्नो तौल समूहमा पाँचौ स्थान प्राप्त गरेकी थिइन् ।

त्यस्तै २०१९ मा जोर्डनमा भएको पाँचौं एसियन पारा तेक्वान्दो र टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दोमा पाँचौं स्थान प्राप्त गरेकी थिइन् ।
साउन ८ देखि सुरु हुने ओलम्पिकका लागि भने अहिले सम्म ४ नेपाली खेलाडीको सहभागिता यसअघि नै निश्चित भइसकेको छ । पौडीका गौरिका सिंह र एलेक्स शाह, म्याराथनका गोचीचन्द्र पार्की र सुटिङकी कल्पना परिवारले ओलम्पिकमा भाग लिनेछन् । कल्पनाले केहि दिन अघि वाइल्ड कार्ड प्राप्त गरेकी थिइन् ।

Success

Thank you for your time.