default_image

9 years ago

September 12, 2015

एनओसी पदाधिकारी सम्मानित

नेपाल सितोरियो कराते डो संघ, उत्तरी प्रमुख शाखा डोजो, बुढानीलकण्ठले नेपाल ओलम्पिक कमिटी (एनओसी) का नवनिर्वाचित तीन पदाधिकारीलाई शनिबार सम्मान गरेको छ । डोजोले अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे र महासचिव एवं राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालाई खेलकुदको विकास र विस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको कार्यक्रम संयोजक एवं डोजोका उपाध्यक्ष […]

63 views

0 Bookmark

नेपाल सितोरियो कराते डो संघ, उत्तरी प्रमुख शाखा डोजो, बुढानीलकण्ठले नेपाल ओलम्पिक कमिटी (एनओसी) का नवनिर्वाचित तीन पदाधिकारीलाई शनिबार सम्मान गरेको छ ।

8
डोजोले अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे र महासचिव एवं राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालाई खेलकुदको विकास र विस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको कार्यक्रम संयोजक एवं डोजोका उपाध्यक्ष प्रकाश श्रेष्ठले जनाएका छन् ।
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उनीहरुलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएवापत हाम्रो बुढानीलकण्ठ डटकमका क्रिएटिभ डाइरेक्टर विकाससिंह लामा, समाजसेवी एवं डोजोका सल्लाहकार राजेन्द्र खड्का र प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेलाई पनि सोही अवसरमा सम्मान गरियो ।

Success

Thank you for your time.