default_image

2 years ago

October 14, 2022

प्रतिभा र सलिनासम्मिलित बागमतीको सहज जित

137 views

0 Bookmark


अर्जुन कार्की,
म्याग्दी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबल प्रतियोगितामा बागमती प्रदेशले पहिलो खेलमा सहज जित निकाल्दै विजयी सुरुवात गरेको छ ।

फाइल तस्बिर

शुक्रबार म्याग्दी स्थित बेनी बजारको खुल्लामञ्च खेल मैदानमा भएको दोस्रो खेलमा राष्ट्रिय टोलीका खेलाडी प्रतिभा माली र सलिना श्रेष्ठसम्मलित बागमती प्रदेशले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटमा पराजित गरेको हो । होङ्गान्जी न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबका अधिकांश खेलाडी सम्मेलित बागमतीले प्रदेश नम्बर १ लाई पहिलो सेट २५–७, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–१२ ले पराजित गर्यो ।

समूह ‘बी’मा रहेको बागमतीले पहिलो खेलमा जित हात पार्दै क्वाटरफाइनलको यात्रा सहज बनाएको छ । आजको अन्तिम खेल नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । आजै भएको पहिलो खेलमा विभागिय टोली एपिएफले कर्णाली प्रदेशलाई ३–० ले पराजित गरेको छ ।

समूह ‘ए’मा रहेको एपिएफले कर्णाली विरुद्ध पहिलो सेट २५–६, दोस्रो सेट २५–२ र तेस्रो सेट २५–७ ले पराजित गरेको हो । बिहिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
महिला भलिबलमा ७ प्रदेश र ३ विभागीयसहित १० टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब रहेको छ । समूह ‘बी’ मा बागमती प्रदेश, प्रदेश नम्वर १ र मधेश प्रदेश रहेको छ ।
समूह ‘सी’मा नेपाल पुलिस क्लब र लुम्बिनी छन् । समूह ‘डी’ मा आयोजक गण्डकी र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् । हरेक समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल कार्तिक २ गते हुनेछ ।

Success

Thank you for your time.