default_image

2 years ago

October 14, 2022

पुरुष भलिबल गण्डकी समूह ‘डी’को विजेता

88 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल समूह विजेता बनेको छ । पोखरा रंगशालामा रहेको भलिबल कोर्टमा शुक्रबार भएको दोस्रो खेलमा बागमती प्रदेशलाई ३–१ ले हराउँदै समूह डीको विजेता बनेको छ । समूह डीको खेल अघि नै दुवै टोली क्वार्टफाइनल पुगिसकेका थिए ।

गण्डकीले बागमतीलाई २५–२०,१५–२५,२५–१८ र २५–१३ ले पराजित गरेको थियो । डीकको समूह विजेता गण्डकीले सेमिफाइनल प्रवेशका लागि समूह बीको उपविजेताको सामना गर्नेछ । त्यस्तै बागमतीले समूह बीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । समूह बीमा आर्मी, प्रदेश १, मधेश प्रदेश रहेका छन् ।

त्यसअघि पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । पुलिसले कर्णालीमाथि २५–१६, २५–११ र २५–१२ को सोझो सेटमा जित निकालेको हो । यस जितसँगै पुलिसले समूह ‘ए’ बाट क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । कर्णाली अंकविहीन हुँदा लुम्बिनीले कुनै खेल खेलेको छैन ।

Success

Thank you for your time.