default_image

3 months ago

January 19, 2024

दक्षिण कोरियामा शीतकालीन युथ ओलम्पिक सुरु

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियाको गाङवनमा शीतकालीन युथ ओलम्पिक शुक्रबार सुरु भएको छ । भव्य उदघाटन समारोहबीच प्रतियोगिता सुरु भएको हो । दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले प्रतियोगिताको उद्घाटन गरे । यो शीतकालीन युथ ओलम्पिकको छैटौं संस्करण हो । प्रतियोगितामा नेपालका तर्फबाट २ खेलाडीको सहभागिता रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । […]

369 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियाको गाङवनमा शीतकालीन युथ ओलम्पिक शुक्रबार सुरु भएको छ । भव्य उदघाटन समारोहबीच प्रतियोगिता सुरु भएको हो ।

दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले प्रतियोगिताको उद्घाटन गरे । यो शीतकालीन युथ ओलम्पिकको छैटौं संस्करण हो । प्रतियोगितामा नेपालका तर्फबाट २ खेलाडीको सहभागिता रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ ।

त्यसमा पुरुषतर्फ छोवाङ विन्गुर तामाङ र महिलातर्फ लक्ष्मी राईको सहभागिता रहेको छ । उद्घाटन समारोहमा आयोजित मार्चपासमा छोवाङले नेपालको झण्डा बोकेका थिए । प्रतियोगिता फेब्रुअरी १ सम्म सञ्चालन हुनेछ । टोलीको प्रशिक्षक भने सफलराम श्रेष्ठ रहेका छन् । छोवाङ र लक्ष्मी दुवैले स्लालम र जायन्ट स्लालममा भाग लिनेछन् ।

उनीहरूले यसअघि १५ दिनको विशेष प्रशिक्षण कार्यक्रम ‘ड्रिम प्रोजक्ट’ मा पनि सहभागिता जनाएका थिए । शीतकालीन युथ ओलम्पिकमा नेपालको यो तेस्रो सहभागिता हो । यसपल्टको शीतकालीन युथ ओलम्पिकमा कुल ७८ देशका १ हजार ८ सय २ खेलाडीको सहभागिता रहनेछ । सहभागी खेलाडी यू–१९ समूहका रहेका छन् ।

Success

Thank you for your time.