default_image

5 months ago

March 12, 2024

संघहरुलाई कार्यक्रमको मिति तय गर्न राखेपको निर्देशन

277 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफू मातहतका राष्ट्रिय खेल संघलाई प्रतियोगितासहित अन्य कार्यक्रमको मिति निर्धारण गर्न निर्देशन दिएको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार विभिन्न राष्ट्रिय संघका पदाधिकारीको उपस्थितिमा भएको बैठकमा चालू आर्थिक वर्षमा कार्यक्रम भएका संघ यथाशीघ्र मिति निर्धारण गरी तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

त्रिपुरेश्वरस्थित राखेपमा सदस्य–सचिव घिसिङको अध्यक्षतामा बसेको बैठकमा अखिल नेपाल फुटबल संघ, नेपाल आर्चरी संघ, नेपाल जुडो संघ, नेपाल हक्की संघ, नेपाल रिङ रेस्लिङ संघ, अखिल नेपाल टेबलटेनिस संघ, नेपाल बक्सिङ महासंघ, नेपाल खो खो संघ, नेपाल रग्बी संघलगायतका पदाधिकारी उपस्थिति रहेको राखेपले जनाएको छ ।

घिसिङले संघको पेश्की, बेरुजु, संघ नवीकरण र निर्वाचनलगायतका विषयमा पनि चासो व्यक्त गरेको बताइएको छ ।

Success

Thank you for your time.