default_image

4 months ago

August 22, 2025

अन्तर्राष्ट्रिय मान्यता एनओसीले स्पष्टीकरण सोध्ने

211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- जीवनराम श्रेष्ठको अध्यक्षतामा रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त
नेपाल ओलम्पिक कमिटी (एनओसी) आफूहरुसँग सम्बन्धित भएपनि अर्को एनओसीको तदर्थ समितिका रहेकाहरुलाई स्पष्टीकरण सोध्ने भएको छ।

एनओसीको आज बसेको ३१ औं कार्य समिति बैठकले
ओलम्पिक बडापत्र र नेपालको खेलकुद विकास ऐन २०७७ को व्यवस्था विपरित गठित तदर्थ समितिको ९ जना सदस्य मध्ये एनओसीको विधान अनुसार सम्बन्धित रहेका व्यक्तिहरुलाई ७ दिन भित्र जवाफ पेश गर्ने गरी स्पष्टिकरण माग गर्ने निर्णय गरेको हो।

सो पत्र सम्बन्धित अन्तर्राष्ट्रिय निकायलाई समेत बोधार्थ पठाउने निर्णय गरिएको श्रेष्ठ नेतृत्वको एनओसीले शुक्रवार विज्ञप्तिमार्फत जनाएको छ ।

एनओसी, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी), ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) र एसोसिएसन अफ नेसनल ओलम्पिक कमिटिज (एएनओसी ) को अनाधिकृत रुपमा लोगो प्रयोग गरिएको र ओलम्पिक भवन प्रयोग बन्द गर्न र कारवाही गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने पनि बैठकले निर्णय गरेको छ।

आइओसी र ओसिएको पूर्ण सहयोगमा निर्मित
सातदोबाटोस्थित ओलम्पिक भवन श्रेष्ठ नेतृत्वको एनओसीलाई प्रयोग गर्न सहजीकरण का लागि पनि सरकारलाई पत्राचार गर्ने निर्णय गरिएको जनाइएको छ।
श्रेष्ठको एनओसीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अवैध घोषणा गरेको थियो।

सरकारीकै सहमतिमा पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा अर्को एनओसी तदर्थ समिति गठन भएको छ। बिहिवार पत्रकार सम्मेलन गरेको प्रधान नेतृत्वको एनओसीले आज युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई भेट गरेको छ।

Success

Thank you for your time.