default_image

8 years ago

January 15, 2016

सागमार्फत नाकाबन्दी अन्त्यको विश्वास – सदस्य सचिव विष्ट

भारतमा फेब्रुअरी ५ देखि हुने साग आयोजनाको तयारीबारे राखेपले , नेपाल आएको भारतीय प्रतिनिधिमण्डल र राखेपले शुक्रबार गरेको संयुक्त पत्रकार सम्मेलनमा जानकारी दियो । त्यसै सम्मेलन मा बोल्दै सदस्य सचिव केशवकुमार विष्टले खेलकुदकै माध्यमबाट भारतले नेपालमाथि लगाउँदै आएको अघोषित नाकाबन्दी अन्त्य हुने विश्वास व्यक्त गरे । भारतले गरेको अघोसित नाकाबन्दीले सागको तयारमा कठिनाई पुर्याएको भए पनि इच्छाशक्ति र […]

40 views

0 Bookmark

भारतमा फेब्रुअरी ५ देखि हुने साग आयोजनाको तयारीबारे राखेपले , नेपाल आएको भारतीय प्रतिनिधिमण्डल र राखेपले शुक्रबार गरेको संयुक्त पत्रकार सम्मेलनमा जानकारी दियो ।

Keshav Bista

त्यसै सम्मेलन मा बोल्दै सदस्य सचिव केशवकुमार विष्टले खेलकुदकै माध्यमबाट भारतले नेपालमाथि लगाउँदै आएको अघोषित नाकाबन्दी अन्त्य हुने विश्वास व्यक्त गरे ।

भारतले गरेको अघोसित नाकाबन्दीले सागको तयारमा कठिनाई पुर्याएको भए पनि इच्छाशक्ति र सद्भावसाथ नेपाल आगामी सागमा भाग लिने कुरा विष्टले जनाए । सागमा  सहभागितामार्फत नेपालीको मन ठूलो छ भन्ने सन्देश दिन खोजेको कुरा उनले थपे ।

दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठूलो महोत्सव मानिने साग भारतले आयोजना गर्न लागेको यो तेस्रोपटक हो ।

 

Success

Thank you for your time.