default_image

5 years ago

October 25, 2019

सागका लागि एसएओसी र सेभ द मिसनको बैठक यसै महिना

प्रकाश तिमल्सिना, काठमाडौं दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठक र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का सहभागी राष्ट्रको सेभ द मिसनको बैठक दुई सातापछि काठमाडौंमा बस्ने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले एनएओसीको बैठक कात्तिक २३ गते काठमाडौंमा बस्ने हाम्रो खेलकुद डट कमलाई जानकारी दिए । सोही दिन […]

32 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठक र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का सहभागी राष्ट्रको सेभ द मिसनको बैठक दुई सातापछि काठमाडौंमा बस्ने भएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले एनएओसीको बैठक कात्तिक २३ गते काठमाडौंमा बस्ने हाम्रो खेलकुद डट कमलाई जानकारी दिए । सोही दिन सहभागी सात राष्ट्रका सेभ द मिसनको गोष्ठि हुने भएको छ । मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा आयोजना हुने भनिएको सागको विषयमा बैठकमा चर्चा हुने श्रेष्ठले बताए । सागमा २७ खेलमा प्रतिसपर्धा हुनेछ ।

‘अहिले सम्मको भौतिक पूर्वाधार निर्माण, साग सन्चालनका अन्य विषयमा एसएनओसी बैठकमा छलफल हुने छ,’ एनएओसीएका अध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘अन्य केहि विषयमा पनि छलफल हुनेछन् । एनएओसीएमा ७ राष्ट्रका समान २ जनाको प्रतिनिधित्व रहनेछ ।’

१३ औं सागमा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान र बंगलादेशको सहभागिता रहनेछ । एनएओसीएका प्रतिनिधि र सेभ द मिसनले अलग अलग काठमाडौं र पोखरामा साग सञ्चालन हुने भौतिक पूर्वाधारको समेत निरिक्षण गर्ने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले बताए ।
अन्तर्राष्ट्रिय प्रतियोगिताको टोली नेताका रुपमा एनओसीले सेभ द मिसन तोक्नेछ ।

एनओसीले १३ औं सागका लागि अहिले सम्म सेभ द मिसन तोकेको छैन । इन्डोनेसियामा गत वर्ष भएको एसियाली खेलकुदमा राखेपका तत्कालिन सदस्य सचिव केशवकुमार विष्ट सेभ द मिसन थिए ।

Success

Thank you for your time.